सिप्रदीका निर्देशक दाहालले ९ घण्टा २९ मिनेटमा पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन
काठमाडौं : सिप्रदी ट्रेडिङ्ग प्रालिका निर्देशक शम्भुप्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन्। ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन्।
उक्त म्याराथन ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो।
प्रतिक्रिया दिनुहोस !