एनएमबिद्धारा गैह्र सरकारी संस्था ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं : एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह् सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरुको उपस्थिति रहेको थियो। बैंकको लघुवित्त विभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !