उदयपुर बारको अध्यक्षमा निरौला

उदयपुर बारको अध्यक्षमा निरौला

उदयपुर : नेपाल बार एशोसियसन उदयपुरको अध्यक्षमा अधिवक्ता मोहनकुमार निरौला निर्विरोध निर्वाचित भएका छन्। संस्थाको आइतबार सम्पन्न २७औ साधरणसभा तथा १५औं अधिवेशनले आगामी दुई वर्षका लागि निरौलाको नेतृत्वमा ९ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको हो। 

समितिको उपाध्यक्षमा भक्तकुमार दनुवार, सचिवमा सुमित्रा कोइराला, कोषाध्यक्षमा दिपक बस्नेत चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा कृष्णबहादुर खत्री, लक्ष्मीनारायण चौधरी, दुर्गाकृष्ण पोखरेल, केदारबहादुर कटुवाल, कन्चन श्रेष्ठ रहेको निर्वाचन समितिका संयोजक विना पाण्डेले जानकारी दिए। 

अधिवेशनले गणेशप्रसाद दाहाल, कृष्णबहादुर बस्नेत, ब्रह्मदेव चौधरी पार्षदमा निर्विरोध निर्वाचित गरेको छ। शनिबार उद्घाटन शत्रपछि सुरु भएको बन्दशत्रमा अध्यक्षमा चार र उपाध्यक्षमा दुई जना आकांक्षी देखिएपछि सर्वसहमत हुन सकेको थिएन।

 
आइतबार विहानैदेखि निर्वाचन प्रक्रिया अघि सार्ने गरी स्थगित गरिएको बन्दशत्रमा सर्वसहमत नामावली आएपछि घोषणा गरिएको हो। अधिवेशनको उद्घाटन शत्रमा वरिष्ठ अधिवक्ता मोहनबहादुर कार्की र सुकराम श्रेष्ठलाई जिल्ला न्यायाधिश माधवप्रसाद सुवेदी जिल्ला वारका अध्यक्ष श्यामानन्द चौधरीले दोसल्ला ओढाई सम्मान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.