सोचे जस्तै फल

सोचे जस्तै फल

सुँगुरको एउटा परिवार थियो। आमाले तीनवटा बच्चा सुँगुरहरूलाई व्यावहारिक बनाउने सोच राखिन्। केही दिन सोचिन्, यिनीहरूलाई कसरी आत्मनिर्भर बनाउने ? तिनीहरूकी आमाले बच्चा सुँगुरलाई भइरहेको भन्दा फरक संसारमा पठाउने निधो गरिन्। तीनवटा साना सुँगुरमध्ये प्रत्येकले आफ्नै घर बनाउने निर्णय गरे। तर, कसरी बनाउने ? कहाँ बनाउने ? सबैलाई अप्ठ्यारो थियो। कुनै बुद्धि पनि थिएन। आमासँगै बसी, खाई, खेली गरेकाले बुद्धि हुने कुरो पनि भएन। तैपनि उनीहरू आआफ्नो जुक्तिमा लागे।

पहिलो सुँगुरले मुस्किलले कुनै प्रयास गर्‍यो। परालले बनेको घर बनायो। दोस्रो सुँगुरले थोरै प्रयासमा लट्ठीले बनेको घर बनायो। तेस्रो सुँगुरले इँटा र ढुंगाले बनेको घर बनायो। जसमा उसले धेरै मेहनत र प्रयास पनि लगायो। एक दिनको घटना हो। एउटा ठूलो नराम्रो ब्वाँसो प्रत्येक तीनवटा साना सुँगुरलाई आक्रमण गर्न आयो। उसले अरूलाई डर देखाउने आफ्ना अनेक आवाज निकाल्यो।

पहिलो दुई साना सुँगुरका घरहरू उडाइदियो जुन पराल र लट्ठीले बनेका थिए। त्यसपछि उसले फेरि आफ्ना अनेक आवाज निकालेर बाँकी रहेको सुँगुरको बच्चालाई तर्साउन खोज्यो। तेस्रो सुँगुरको घर भने उसले उडाउन सकेन। सुँगुर भने भित्र घरमै चुपचाप रूपमा बसेको थियो। चाँडै, ठूलो खराब ब्वाँसो लामो सास फेर्दै निराश भएर बाटो लाग्यो। दुई सुँगुरले मेहनतको फलबाट पाएको परिणाम हेर्दै घोत्लिन थाले।

नैतिक शिक्षा : कडा परिश्रम सधैं फल्छ। सधैं ठूलो र बलियो सम्भावनाका बारेमा सोच्नुहोस् अनि अल्छी नहुनुहोस्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.