फेसबुके प्रेमीले जन्मदिन मनाउने बहानामा यसरी बोलाएर गरे ५ जनाले पालैपालो बलात्कार

फेसबुके प्रेमीले जन्मदिन मनाउने बहानामा यसरी बोलाएर गरे ५ जनाले पालैपालो बलात्कार

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका-४ की एक १६ वर्षीया बालिकालाई योजनाबद्धरुपमा बाँके र बर्दियामा दुई ठाउँमा सामूहिक बलात्कार भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार फेसबुके प्रेमीले जन्मदिन मनाउने भन्दै बोलाएर एउटी बालिकालाई शनिबार राति बर्दियाको सामुदायिक वनमा र आइतबार बिहान बाँकेमा बंगुर फर्ममा छुट्टाछुट्टै दुई ठाउँमा दुई दिन सामूहिक बलात्कार गरेका हुन्। घटनामा संलग्न सबै अभियुक्तहरु एउटै गाउँ बैजनाथ गाउँपालिकाको वडा नं. ८ का हुन्। पक्राउ पर्नेमा २० वर्षको विश्वनाथ थारु, २३ वर्षको राजकुमार थारु, २४ वर्षको विक्रम भन्ने विक्रान्त थारु, २५ वर्षको निराजन थारुका साथै १६ वर्षको एक जना र १७ वर्षका २ जना बालक रहेका छन्। अभियुक्तमध्ये ३ जना त बालक नै छन्।

यसरी भयो घटना 

सामूहिक बलात्कारबारे अनुसन्धान गरिरहेका बाँकेको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले घटनाबारे भने :

‘बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की एक १६ वर्षीया बालिका र बैजनाथ गाउँपालिकाको ८ का हेमराज थारुसँग एक वर्षदेखि फेसबुके प्रेम थियो। उनीहरु भिडियो कल गरिरहन्थे। गत शनिबार (२१ जेठ) आफ्नो जन्मदिन मनाउन भन्दै थारुले बालिकालाई मानखोलाको पुलमा बोलाउँछन्। खजुरा गाउँपालिका–६ मानखोला पुलमा दिउँसोको ४ बजेतिर उनीहरुको भेट हुन्छ। हेमराजले बढैयाताल घुम्न जाने योजना सुनाउँछन्। उनले साथी विक्रम भन्ने विक्रान्त थारुलाई मोटरसाइकल लिएर आउन भन्छन्।

मानखोला वारी बाँकेका खजुरा गाउँपालिका र पारी बर्दियाको बढैयाताल गाउँपालिका पर्छ। मानखोला पारी बढैयाताल–५ मा फुलवारी सामुदायिक वन छ। मोटरसाइकलमा बढैयाताल घुमाउने भन्दै मानखोलाको पुलदेखि तीन चार किलोमिटर उत्तरमा वनभित्रमा लैजान्छन्। राजकुमार थारु, निराजन थारुसहित तीन जना मानखोला तरेर त्यहाँ पुग्छन्। उनीहरुले घरेलु मदिरा, वियर र दालमोट मगाउँछन्। बालिकालाई पनि खान बाध्य बनाउँछन्।

नसाले लठ्ठ भएपछि साँझ ६ बजेदेखि मध्यराति १२ बजेसम्म हेमराज, राजकुमार, निराजन र एक नाबालकलगायत चार जनाले लगातार पालैपालो सामूहिक बलात्कार गर्छन्। जबरजस्ती करणीबाट बालिका बेहोस हुन्छिन्। त्यसपछि उनीहरु आत्तिन्छन्। मानखोलाको किनारमा लगेर पानी छम्कन्छन्। बालिका होसमा आउँछिन्। होसमा आएपछि बोकेर बैजनाथ–८ पिपरीमा विक्रम भन्ने विक्रान्त थारुको बंगुरपालन नजिक टिनको टहरामा लैजान्छन्। त्यहाँ फेरि निराजन र विक्रान्तले पालैपालो तीन घण्टाभन्दा बढी समय बलात्कार गर्छन्।

निराजन वनमा बलात्कार कार्यमा पनि संलग्न थिए। बिहान ३:४५ बजेतिर विक्रान्तले विश्वनाथ थारु र अर्को एक जनालाई डाकेर मोटरसाइकलमा राखेर बालिकालाई राप्तीसोनारीको घरसम्म पुर्याउने जिम्मा दिन्छन्। २२ जेठको बिहान ४ बजेतिर खजुरा गाउँपालिका–५ प्रतिक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीले नियमित चेकजाँच भइरहेको थियो।

२० वर्षका विश्वनाथ थारुले चलाएको भे ३ प ३५२७ नं. को पल्सर मोटरसाइकलमा १७ वर्षका युवक र पीडित बालिका गरी तीन जनालाई सवार देखिपछि प्रहरीले चेकजाँच गर्छ। त्यत्तिबेलासम्म बालिका अर्धचेत अवस्थामा थिइन्।

प्रहरीलाई शंका लाग्छ। इप्रकामा लगेर चिया बिस्कुट खुवाएपछि बालिकाले आफू सामूहिक बलात्कार भएको बताउँछिन्। पीडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा मोटरसाइकल बोकेर घर लैजाने दुई जना मतियारसहित ५ जना अभियुक्तहरुलाई प्रहरीले आइतबार नै विभिन्न स्थानबाट पक्राउ गर्छ।’

एउटै बालिकालाई बर्दिया र बाँकेमा सामूहिक बलात्कार भएको छ। बर्दियाको इलाका प्रहरी कार्यालय मैनापोखर र बाँकेको इलाका प्रहरी कार्यालय धनौलीले छुट्टा छुट्टै मुद्दा दर्ता गरेका छन्। आइतबार पक्राउ परेका सबै अभियुक्तलाई सोमबार नै बाँके र बर्दिया अदालतबाट अनुसन्धानका लागि म्याद थप भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.