नाइजेरियाको चर्चमा बन्दुक आक्रमण, बालबालिकासहित २१ को मृत्यु

नाइजेरियाको चर्चमा बन्दुक आक्रमण, बालबालिकासहित २१ को मृत्यु

ओवो  : नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित २१ जनाको ज्यान लिएका छन्। 

नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्ने गरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन। 
 प्रत्यक्षदर्शीले उपासकहरूमाथि अन्धाधुन्ध हतियारधारी समूहले गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको बताए। 

घटनामा २१ जनाको मृत्यु भएको पुष्टि गर्दै ओन्दो स्टेट गभर्नर अफिसका प्रवक्ता रिचार्ड ओलाटुन्डेले भने, 'उनीहरू चर्चमा समेत प्रवेश गरेनन्, नजिकै रहेका घरहरूका झ्यालबाट गोली ठोकिरहेका थिए।'

राष्ट्रिय विपत् व्यवस्थापन निकायका स्थानीय प्रतिनिधि ओलानरेवाजु कादिरीले भने अधिकांश बालबालिकासहित २२ जनाको मृत्यु भएको बताए। घटनामा अन्य ४० जना घाइते भएका छन्। राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ।  

एक प्रत्यक्षदर्शीले कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए। उनले  भने, 'म चर्चनजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुने । चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगी घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो। घटनापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.