विकासमा वातावरणीय मुद्दा
‘केवल एक पृथ्वी’ वातावरण बचाउने विश्वव्यापी अभियानको नारा हो। जुन ‘प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्न’मा केन्द्रित छ। आजको दिनलाई सबैले आसपासको वातावरणको सुधार गर्न सके जल, हावा, जमिन र वनस्पति, जीवजन्तु र मानवको अन्तरसम्बन्धलाई जीवन्त बनाउने अपेक्षा गर्न सकिन्छ। नेपालमा हिमाली क्षेत्रको प्रदूषण, जोखिममा रहेको जैविक विविधता, वन फडानी आदि जाँच्न अनिवार्य छ। पृथ्वी नष्ट गर्ने सबै कुराबाट जोगाउन सामूहिक प्रयास गरेर विश्व वातावरण दिवस सार्थक बनाउनु जरुरी छ। पृथ्वीले हामीलाई चाहिने सबै कुराहरू प्रदान गर्छ। त्यसैले हामीले हाम्रा सबै प्रयासहरूमा यसको हेरचाह गर्नुपर्छ। वातावरणको संरक्षण गर्नु भनेको जीवनरक्षा गर्नु हो। प्रकृति संरक्षणको प्रतिबद्धता गर्दै विश्व वातावरण दिवसलाई थप समृद्ध बनाऔं।
हामी ‘इकोसिस्टम’ बिना बाँच्ने कल्पना गर्न सक्दैनौं। योबिना उपलब्धि, धन र विजय प्राप्त गर्न सक्दैनौं। यो हाम्रो आवश्यकता र प्राथमिकता हो। विश्व वातावरण दिवस प्रकृतिको राम्रो हेरचाह गर्न आवश्यक छ भन्ने संकेत हो। बाँच्न र जीवन अनुभव गर्न पृथ्वीलाई हरियाली र स्वस्थ स्थान बनाउने वाचा गरौं। प्रकृति सधैं हाम्रा लागि उदार छ। यो वातावरणप्रति जिम्मेवार दृष्टिकोण वितरण गरेर सबै पक्ष फिर्ता गर्ने समय हो। हरेक दिन वातावरण दिवस हो भन्नुमा अत्युक्ति नहोस्। सबैभन्दा उत्कृष्ट दृश्यहरू वातावरण हो, त्यसैले यसलाई अझ धेरै विकसित भएको हेर्न यसलाई सुरक्षित र संरक्षण गर्नु सबैको कर्तव्य हो। रूखहरूसँग बिताएको समय कहिल्यै खेर जाँदैन। यदि हामीले पृथ्वीलाई सुन्दरता र आनन्द प्रदान गर्न दिएनौं भने यसले अन्तमा खाना पनि उत्पादन गर्दैन। संरक्षण भनेको मानिस र भूमिबीचको मेलमिलापको अवस्था हो। प्रकृतिको सम्मान गरे मात्र यसले तपाईंहामीलाई शुद्धता र हरियालीको प्रचुरताले नुहाउनेछ।
रूख रोप्नेले आफूबाहेक अरूलाई माया गर्छ। मानिस र प्रकृतिबीचको बन्धन टुट्ने छैन भन्ने सुखको प्रारम्भिक अवस्थामध्ये एक हो। गत वर्ष वातावरण दिवसको शुभकामना दिँदै नेपालका नौ विकास साझेदारले जारी गरेको विज्ञप्तिमा विशाल निजगढ विमानस्थल आयोजनाको सन्दर्भमा भनिएको छ। नेपालले भर्खरै नयाँ बजेट प्रस्तुत गरेको छ। जस कार्यमा ग्रिड सिद्धान्तहरू समावेश छन्। यस वर्षको अन्त्यमा हुने ग्लोबल क्लाइमेट कन्फरेन्स कोप २६ मा ग्रिडप्रति नेपालको प्रतिबद्धता बाँकी विश्वका लागि उदाहरण बन्न सक्छ। वन हरियो बनाउन र समावेशी विकास हासिल गर्न आवश्यक छ। यसले जलवायु परिवर्तनको कारण र प्रभाव दुवैलाई कम गर्छ। नेपालको वनले खतरनाक जलवायु ग्यासहरू शोषण गर्छ, जलस्रोतलाई कायम राख्छ। माटोको क्षय, खडेरी र पहिरोको जोखिम घटाउँछ। तिनीहरू बहुमूल्य प्राकृतिक स्रोत र वन्यजन्तुहरूको स्रोत पनि हुन्। जसले वन र पर्यटन क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक विकासलाई समर्थन गर्छ।
नेपालले वन क्षेत्र बढाउने र जैविक विविधता कायम गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। प्रस्तावित निजगढ विमानस्थल एउटा उदाहरण हो, जसलाई धेरै उच्च संरक्षण मूल्य भएको क्षेत्रमा २० लाखसम्म स्वदेशी रूखहरू गुमाउन सक्छ भन्ने बुझेका छौं। हामी पूर्वाधारको महत्वपूर्ण भूमिकालाई मान्यता दिन्छौं। त्यो विकासले सबै वातावरणीय र सामाजिक प्रभावहरूलाई बेवास्ता गर्न सक्दैन। यद्यपि, यो सुनिश्चित गर्न महत्वपूर्ण छ कि विशेषगरी निजगढ विमानस्थलजस्ता ठूला परियोजनाहरूका निर्णयहरू, नेपालको स्थापित आर्थिक, वातावरणीय र सामाजिक नियमहरू अनुरूप, आर्थिक, वित्तीय, जलवायु, वातावरणीय र सामाजिक प्रभाव विश्लेषणमा आधारित छन्।
विश्वले कोभिड–१९ भन्दाबाहिर अझ दिगो, समावेशी र जलवायु–उत्थानशील भविष्यलाई हेर्छ। यस्तो भविष्य जसले हामी सबैलाई प्रकृतिमा हाम्रो निर्भरता स्वीकार गर्न आवश्यक छ। जलवायु परिवर्तनका कारण दक्षिण एसियामा मात्रै ४ करोड मानिस गरिबीमा फस्न सक्छन् भन्ने आँकडा छ। पृथ्वी जोगाउने चुनौती सरकारले मात्रै थेग्न सक्दैनन्। हवाई उडानमा काठमाडौं अवतरण गर्ने क्रममा अग्ला हिमाल देखिँदा ग्रह, पृथ्वी र यससँग मानिसको सम्बन्धबारे आश्चर्यमा नपर्ने सायदै होलान्। यी हिमाली शृंखला हिन्दुकुश हिमालय क्षेत्रका २५ करोड र तल्लो तटीय क्षेत्रका थप १ अर्ब ६५ करोड मानिसका लागि पानीका अमूल्य स्रोत हुन्।
त्यसैले पनि नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो जोखिमयुक्त देश हो। सम्बन्धित ज्ञाताका अनुसार हिमनदीहरू बर्सेनि ६० मिटरको दरले खुम्चिँदै छन्। जसले हिमतालहरू बन्दैछन् र हिमताल फुटेर बाढी आउने सम्भावना बढेर गएको छ जलवायु परिवर्तन न्यूनीकरणका लागि हुने कार्यमा महिला र युवाको सशक्त भूमिका हुनुपर्छ। नेपाली जलवायु परिवर्तनका प्रभाव थेग्न सक्षम छन्। नेपाललाई कोभिड–१९ बाट पुनर्लाभ गर्दा ‘हरित तरिकाले पुनरुत्थान गर्न’समेत आवश्यक छ। नेपाली समुदायहरूले हिमनदी पग्लिने र पहाडमा नयाँ रोगहरू देखा पर्नेदेखि तराईमा बाढी र उच्च तापक्रमसम्मका जलवायु परिवर्तनका अत्यन्त विविध प्रभावको सामना गर्न सक्षम हुनुपर्ने देखिन्छ ।