नवलपरासीमा जसपा र लोसपा भित्र लफडा

नवलपरासीमा जसपा र लोसपा भित्र लफडा

परासी : जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नवलपरासीमा आन्तरिक विवाद चुलिएको छ। 

दुई छुट्टाछुट्टै पार्टीबीचको गुटगत झगडाले विवाद चुलिएको हो। जसपाभित्र रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको विषयलाई लिएर दुई नेताको गुट देखा परेको हो। त्यस्तै लोसपाभित्र स्थानीय तह निर्वाचनको विषयलाई लिएर विवाद देखिएको हो। लोसपाबीच देखिएको विवादका कारण एक गुटले पार्टी अध्यक्ष मुकुरजी गिरीसहित चार जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर नयाँ समिति गठन गरेको छ।

गिरी नेतृत्वसँग असन्तृष्ट बनेको लोसपाका जिल्ला वरिष्ठ उपाध्यक्ष विजय अग्रहरीको अध्यक्षता र केन्द्रीय सदस्य चन्द्रिकादेवी चौधरीको आतिथ्यतामा जेठ १८ गते बसेको १७ जना असन्तुष्ट जिल्ला सदस्यसहितको बैठकले दीपचन्द्र कौशलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। सो बैठकले मुकुरजी गिरी अध्यक्ष रहेको २५ सदस्ययी जिल्ला समितिलाई विघटन गर्दै कौशलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।

नयाँ समिति गठनपछि जेठ २१ गते बसेको कौशल अध्यक्ष रहेको जिल्ला समितिको बैठकले १५ सदस्यीय समिति गठन गरेर जिल्ला समिति सदस्यको जिम्मेवारी बाँडफाँड गरेको हो। सोही बैठकले पार्टी अध्यक्ष गिरीसहित निर्वाचन पर्यवेक्षक पुरन चौधरी, प्रवक्ता हेमन्त पाण्डे र नगर संयोजक भागिरथी यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।

निष्काशन गरिएका चार जनालाई स्थानीय तह निर्वाचनमा पार्टी विपरीत कार्य गरिएको आरोप लगाइएको छ। चार नेताहरुका कारण चुनावमा हार व्यहोर्नु परेको र अधिकांश स्थानमा सोँचेभन्दा कम मत आएको आरोप लगाइएको छ।

लोसपाले स्थानीय तह निर्वाचनमा जिल्लाभरबाट पाल्हीनन्दनमा मात्र १ वडाध्यक्षसहित ५ सदस्य जनप्रतिनिधि जितेको छ।

यसैबीच रामग्राम नगर कार्यपालिका सदस्य निर्वाचनको उमेदवारीको विषयलाई लिएर जसपाभित्र आन्तरिक द्धन्द्ध बढेको छ।

कार्यपालिका सदस्य निर्वाचनमा जिल्ला अध्यक्ष धरेन्द्र यादव र केन्द्रीय सदस्य एंव पूर्व रक्षाराज्यमन्त्री रामवचन यादवको दुई गुटका कारण पार्टीकै सदस्यले हार व्यहोर्नु परेपछि जसपाभित्र आन्तरिक विवाद बढेको हो।

विवादकै कारण शहिद जगदिश पासवानकी आमा पराजित भएकी छन्। जसपामा आवद्ध शहिद जगदिश पासवानकी आमा सिंगारी पासीलाई जसपाले आफ्नै चुनाव चिन्ह(छाता) नदिई स्वतन्त्रबाट उठाइएपछि कार्यकर्ताबीच पार्टीका नेताहरुप्रति तीव्र असन्तुष्टी छ।

गुटकै कारण चुनाव चिन्ह पाउन नसकेपछि अर्को गुटले पासीलाई स्वतन्त्रबाट उमेदवारी दिन लगाएको थियो। तर विजयी हासिल गराउन सकेन। जसपाको एक समुहले कांग्रेस र अर्को समूहले एमालेसँग गठबन्धन गरेको थियो।

राप्रपासहित एमालेसँग गठबन्धन गरेको जिल्ला अध्यक्ष धरेन्द्रको गुट विजयी भएको हो। त्यहीबाट जसपाबीचको विवाद सुरु भएको हो। जसपाले स्थानीय तह निर्वाचनमा जिल्लाभरबाट रामग्राम नगरपालिकामा ६ वडाध्यक्षसहित २५ र पाल्हीनन्दनमा १ सदस्य गरी कुल २६ जनप्रतिनिधि जितेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.