रकम अभावले जलविद्युत् आयोजनाको काम ठप्प

रकम अभावले जलविद्युत् आयोजनाको काम ठप्प

रसुवा : रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माणाधीन माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य डेढ वर्षदेखि ठप्प छ। आयोजना निर्माणका लागि रकम अपुग भएपछि काम रोकिएको हो।

आयोजनामा लगानी जुटाउने काम भइरहेको आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। ६.४२ मेगावट क्षमताको आयोजनाको काम बेलाबेलामा रोकिँदै आएको छ।

आयोजनाले प्रसारण लाइन निर्माणतर्फको काम मात्र बाँकी रहेको जनाएको छ। हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।

नियमित काम गर्न सकिएमा करिब ६ महिनामा काम सकिन्छ। यस क्षेत्रमा वर्षको ६ महिनामा मात्र काम हुने भएकाले उत्पादन तालिका केही पछि धकेलिएपनि अबको एक वर्षमा हामी विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ।

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप भइसकेको छ। आयोजनाका अनुसार भूकम्प, नाकाबन्दी, ठेकेदार परिर्वतन, भौगोलिक विकटता, कोभिड–१९, हिउँ पर्ने समयमा काम गर्न नसकिने लगायतको कारण समयमा नै विद्युत् उत्पादन हुन नसकेको हो। वन क्षेत्रबाट प्रसारण लाइन बनाउनुपर्ने भएकाले स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको छ। अर्को वर्षदेखि उत्पादन सुरु गर्ने गरी काम गरिरहेको आयोजनाले ग्राङसम्म आफूले नै प्रसारण लाइन निर्माण गर्नुपर्छ। 

आयोजनाका अनुसार सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। हरेक वर्ष असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ। आयोजनाको निर्माणको काम २०६९ सालदेखि सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.