विश्व बैंकले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण

विश्व बैंकले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण

वासिङ्टन (एएफपी) : युक्रेनमा रूसले गरेको आक्रमणको कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ। जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ। ‘विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको’, बैंकले मंगलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा लेखेको छ।  

कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पु¥याएपछि यो गिरावट आएको हो। रूसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापी रूपमा बढाएको छ।   

‘युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृंखला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ। धेरै देशका लागि मन्दीबाट बच्न गाह्रो हुने देखिन्छ’, विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन्।   

प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ। विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ। जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ। ‘यसले मुद्रास्फीतिको जोखिम बढाउँछ र मध्यम तथा न्यून आय भएका अर्थतन्त्रहरूका लागि सम्भावित हानिकारक परिणामहरू पनि सँगसँगै लैजानेछ’, प्रतिवेदनमा लेखिएको छ।    

प्रतिवेदनले सन् १९७० को दशकमा केही समानता उल्लेख गरेको छ। तर, त्यो अवधिको विपरीत अमेरिकी डलर बलियो छ र प्रमुख वित्तीय संस्थाहरू ठोस स्थितिमा छन्। साथै बैंकले मूल्य नियन्त्रण वा निर्यात प्रतिबन्धको साथ मुद्रास्फीति स्पाइक समाधान गर्ने प्रयास नगर्न चेतावनी दिएको छ। मालपासले उत्पादनलाई प्रोत्साहन दिन र व्यापार प्रतिबन्धबाट बच्न जरुरी रहेको पनि टिप्पणी गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.