'रूस–युक्रेन युद्ध, ज्यादतीबिरुद्ध कारबाही'

'रूस–युक्रेन युद्ध, ज्यादतीबिरुद्ध कारबाही'

सन् २०१४ मा घटित एक राजनीतिक ‘कू’को परिणामस्वरूप पश्चिमपन्थी राजनीतिक शक्तिहरू युक्रेनको सत्तामा आए। जसले देशको उल्लेखनीय नागरिक समूहहरूको अधिकार हनन गरेको थियो। देशको बहुसंख्यक जनसंख्याको शत्रुतापूर्ण, फासिस्ट राष्ट्रवादले मानिसलाई (अधिकांश रुसी बोल्नेलाई) स्वायत्तता र स्वतन्त्रताको आन्दोलनमा धकेल्यो। युक्रेनको डोनेट्स्क र लुगान्स्क क्षेत्रका करिब ४० लाख रुसीभाषी बासिन्दाले आफ्नो क्षेत्रका लागि विशेष दर्जाको माग गर्दै युक्रेनको हिस्सामा रहन चाहेनन्। सन् २०१४ मा भएको जनमत संग्रहको नतिजाअनुसार ८९ प्रतिशत जनताले डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रको स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए। युक्रेनको नयाँ केन्द्रीय सरकारले, जसमा नवनाजीहरू समावेश थिए, जनताको इच्छा अनुरूपको घोषणाको नतिजालाई मान्यता दिन अस्वीकार गर्‍यो। बालबालिका, महिला र वृद्धहरूसहित नागरिक आवादीविरुद्ध पूर्णस्तरीय सैन्य कारबाही सुरु गर्‍यो।

आठ वर्षदेखि रुसले कूटनीतिक माध्यमबाट नागरिकविरुद्ध युक्रेनको सशस्त्र सेनाको युद्ध रोक्न सक्रिय रूपमा प्रयास गरिरहेको थियो। अन्य राज्यलाई शान्तिपूर्ण माध्यमबाट यो समस्या समाधान गर्नमा मद्दत गर्नसमेत आह्वान गरेको थियो। तर, तथाकथित ‘लोकतन्त्रका हिमायतीहरू’को मुख्य प्राथमिकता भनेको नागरिक आवादीलाई मद्दत गर्नु र निर्दोष मानिसमाथिको दैनिक दुव्र्यवहार र हत्या रोक्न होइन, बरु तिनीहरूको प्रभाव विस्तार गर्नु र रुसलाई पनि यसमा मुछ्नु रहेको थियो। हाम्रो देशले डोनबासका बच्चाहरूलाई बचाउन, मानवीय सहायता प्रदान गर्न र यस समस्यामा विश्व समुदायको ध्यानाकर्षण गराउन आफ्नो सम्पूर्ण शक्तिले प्रयास गर्दा नवनाजी समूहहरू युक्रेनमा सशस्त्र थिए। रुसी भाषामाथि प्रतिबन्ध लगाइएको थियो र आणविक हतियार बनाउने काम चलिरहेको थियो।

किभले खुला रूपमा आणविक र ब्याक्टेरियोलोजिकल ब्ल्याकमेलको विधिहरू प्रयोग गरिरहेको छ। एउटा आणविक ऊर्जा संयन्त्रलाई नै बिस्फोट गराउने धम्की दिन्छ। यसबाहेक हामीलाई प्राप्त भरपर्दो तथ्यांकअनुसार, ३० जैविक प्रयोगशाला र सामूहिक विनाशका हतियार निर्माणका लागि अनुसन्धान केन्द्रहरू खोलिएको पाइएको छ। ती सबै युक्रेनको विभिन्न क्षेत्रमा कार्यरत छन्। यस तथ्यलाई अमेरिकी सिनेटमा सुनुवाइको क्रममा राजनीतिक मामिलाका लागि अमेरिकी उपसचिव भिक्टोरिया नुल्यान्डले आधिकारिक रूपमा स्वीकारोक्ति जनाउँदै मान्यता दिएकी थिइन्। त्यत्ति नै बेला, उनले रसियाको हातमा शोधकार्यहरूको सामग्री पर्न सक्ने खतरा जाहेर गरेकी थिइन्। स्पष्ट रूपमा तथाकथित उक्त ‘वैज्ञानिक अनुसन्धान’को वास्तविक लक्ष्यहरूको खुलासा हुने डरले। विश्वका विभिन्न क्षेत्रमा पेन्टागनद्वारा वित्त पोषित ३३६ थप समान प्रकृतिका प्रयोगशालाहरू विद्यमान छन्।

शत्रुताको लामा वर्षहरूमा, दुर्भाग्यवश, युक्रेनले अन्तर्राष्ट्रिय कानुनको मात्र होइन, मानव जीवनप्रति  पनि पूर्ण अनादर देखाएको छ। रुसीभाषी नागरिकप्रतिको युक्रेनी ज्यादती र बदमासीको आठ आठ वर्ष बितिसकेपछि भने रुससँग अर्को विकल्प नभएको स्पष्ट भयो। आधुनिक युक्रेनको नव–नाजी सरकारको क्रूर र अन्यायपूर्ण नीतिहरूबाट नागरिक जनतालाई जोगाउन रुसविशेष अभियान सुरु गर्न बाध्य भयो। विशेष ध्यानाकर्षण गर्न चाहन्छौं कि रुसी संघको सशस्त्र सेनालाई कुनै पनि बहानामा आमनागरिकमाथि गोली नचलाउन सख्त आदेश दिइएको छ। त्यसैले उसले व्यवस्थित रूपमा उच्च परिशुद्धतापूर्ण हतियारहरूका साथ उक्रेनी सैन्य शिविरहरूलाई ध्वस्त पार्दैछ।

युक्रेनी समर्थक मिडिया तथा संयुक्त राज्य अमेरिका र युरोपमा धेरै प्रकाशनद्वारा अन्यथा दाबी गर्न गरिएका कुनै पनि प्रयास कुनै प्रमाण वा आधारद्वारा पुष्टि गर्न सकेका छैनन्। नियमको रूपमा, वर्तमान अन्तर्राष्ट्रिय मुद्दाहरूमा पश्चिमी सहकर्मीहरूको दृष्टिकोण प्रायः एकतर्फी हुने गर्छ। जुन सम्पूर्ण रूपमा आलोचनात्मक दृष्टिकोणरहित र वासिंगटनद्वारा नियन्त्रित असंख्य स्रोतहरूद्वारा सःशुल्क वितरित ‘नक्कली’ खबरहरूमा आधारित हुन्छ। अपरेसनको सुरुदेखि नै रुसले युक्रेनका नागरिकलाई युद्ध क्षेत्र छोड्न मानवीय कोरिडोरहरू उपलब्ध गराउँदै आएको छ। भारत, चीन, जोर्डन, ट्युनिसिया, पाकिस्तान, टर्की, नेपाललगायत देशका सर्वसाधारण नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट ठूलो संख्यामा उद्धार गरिएको थियो।

युक्रेनी लडाकुहरूले अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको कुख्यात रणनीति प्रयोग गरेर, ‘मानव ढाल’ को रूपमा ठूलो संख्यामा युक्रेनीलाई बन्धक बनाएका छन्। ४.५ मिलियनभन्दा बढी मानिस जसमध्ये लगभग दुई हजार विदेशी छन्। उनीहरूलाई लडाइँ क्षेत्र छोड्न अनुमति दिइएन। रसियाले युक्रेनलाई पाँच सय टनभन्दा बढी मानवीय सहायता पुर्‍याइसकेको अवस्थामा, पश्चिमी ‘लोकतान्त्रिक’ देशहरूले नवनाजीहरूलाई घातक हतियारहरू आपूर्ति गराउन जारी राखेका छन्। ताकि उनीहरूले चाहेझैं द्वन्द्व लम्ब्याउन योगदान पुगोस्। युक्रेनी अधिकारीहरूको कार्यले अहिलेसम्म धेरै निर्दोष नागरिकहरू हताहत भएका छन्। विश्वको सबैभन्दा ठूलो मिडियाद्वारा समर्थित युक्रेनले रुसविरुद्ध अभूतपूर्व फोहोर सूचनाको युद्ध लडिरहेको छ भन्ने कुरालाई पनि हामी महŒवपूर्ण ठान्छौं। एक विशाल प्रचार उद्योगले कडा परिश्रम गरिरहेको छ, रुसी सेनाको बारेमा लाखौं नक्कली उत्तेजक सामग्रीहरू मन्थन गर्दै युक्रेनी फासिष्टहरू र हत्याराहरूलाई ‘निर्दोष सहिद स्वर्गदूतहरू’को भेषमा प्रस्तुत गर्दै। यस झूटो स्ट्रिमिङको उद्देश्य एउटै मात्र हो– रुस र रुसी जनतालाई बदनाम गर्नु र उनीहरूलाई कुनै राक्षसी रूपमा प्रस्तुत गर्नु।

आधारहीन तथा स्पष्ट झूटका साथ आफ्ना आक्रमणहरू हामीमाथि लक्षित गर्दै र सबै रुसीप्रति संसारको घृणालाई उक्साउने उद्देश्यका साथ हाम्रो देशमाथि विभिन्न गलत आरोप लगाइएको छ। तर, संसारका मानिसलाई सत्य थाहा छ। तथाकथित ‘प्रसिद्ध लोकतन्त्र’का हिमायतीहरूले शताब्दीयौंदेखि त्यो देशलाई घृणा गर्दै आएको छ। जसमा रुसीहरू सधैं युक्रेनीसहित सबैसँग मिलेर बसेका थिए। तिनीहरूले हामीलाई विभाजित गरे। अब तिनीहरूले युक्रेनमा द्वन्द्व भड्काएका छन्। यसका लागि रुसलाई दोष दिएका छन्। यो अक्सर देखिन्छ कि हाम्रा पश्चिमी साझेदारहरूले इतिहासका पाठहरू बिर्सेका छन्, स्पष्ट रूपमा ‘त्यहाँ कुनै रुसी हुनु हुँदैन’ भन्ने भनाइ व्यक्त गरेर। रुसले आफ्ना तीन करोड सन्तानको ज्यान गुमाएर युरोप र सारा विश्वलाई फाँसीवादी प्लेगबाट एकपटक बचाइसकेको छ।

जुन कल्पना पनि गर्न गाह्रो छ– ३० मिलियन मानिस भनेको कुनै देशको सम्पूर्ण जनसंख्या हुनसक्छ। यसरी आफ्नो ज्यानको आहुति दिएर फासिज्मबाट तपाईंहरूलाई मुक्ति दिने तपाईंको मुक्तिदातालाई अहिलेको तथाकथित ‘स्वतन्त्र’ युरोपमा पुनः फाँसीवादको फैलावटको खतरासँग लड्न बाध्य पारिनु अनि दोष उसैमाथि थोपर्नु कम्तीमा पनि आफ्नो एउटा नीचता प्रकट गर्नु हो। विशेषतः यस तथ्यमा सबैको ध्यानाकर्षण गराउनु जरुरी छ र यो धेरै महŒवपूर्ण छ कि युक्रेनमा हरेक रुसीका कोही न कोही आफन्त जरुर छन्। साथी र परिचितहरू छन्। रुसले युक्रेनी जनतालाई सम्मान गर्छ। युक्रेनको भूभाग कब्जा गर्ने लक्ष्य कदापि राख्दैन। एकै राष्ट्रमा एक वर्गको अर्को वर्गप्रतिको श्रेष्ठताको दुष्ट विचारधाराको विरोधमा र युक्रेनी नागरिकको लोकतान्त्रिक छनोटको संरक्षणको उद्देश्यका साथ नाजीवादको विनास (डिनाजिफिकेसन) रुसका लागि शीर्ष प्राथमिकताहरू हुन्।

विशेष सैन्य अपरेसनको मुख्य लक्ष्यमध्ये एक भनेको पहिले उल्लेख गरिएको सामूहिक विनाशका हतियारहरू प्रयोग गरेर थप भयानक फासीवादी आकांक्षाहरूको कार्यान्वयनलाई नियन्त्रण गर्नु हो। जुन केवल रसियाविरुद्ध मात्र लक्षित छैन। रुसका विदेश मामिलामन्त्री एस.भी. लाभरोभले भर्खरको भाषणमा उल्लेख गरेझैं, ‘सामूहिक पश्चिमद्वारा जारी गरिएको रुसविरुद्धको यस हाइब्रिड युद्धले, हाम्रो देशका लागि नयाँ अवसरहरू खोल्छ’। यो सत्य हो किनकि हाम्रो देशसँग ती देशसँग सहकार्य गर्ने प्रशस्त सम्भावना छ। जसले आफ्नो राज्यको हितलाई सम्मान गर्छ। रुसविरुद्ध अमानवीय अवैध प्रतिबन्धहरूमा सामेल हुँदैन।

पश्चिमबाट अदूरदर्शी राजनीतिज्ञहरूद्वारा गरिएको सामूहिक आर्थिक दबाबको प्रयासले विश्व खाद्य बजार, ऊर्जा र उद्योगमा नकारात्मक प्रवृत्तिलाई बढायो। एकपक्षीय प्रतिबन्धहरू, ड्राई कार्गो जहाजहरूको सामूहिक गिरफ्तारीको धम्की र स्विफ्ट प्रणालीबाट रुसी वित्तीय संस्थाहरूको विच्छेदनले विश्वव्यापी रसद र वित्तीय चेनहरू अवरुद्ध गर्ने समस्यालाई उल्लेखनीय रूपमा बढाएको छ। भुक्तान प्रतिबन्ध र लजिस्टिक कठिनाइहरूले कृषि कम्पनीसहित सबै आर्थिक अपरेटरलाई असर गर्‍यो। जसले खाद्य सम्झौताहरूको वित्तीय र यातायात सेवामा कठिनाइहरूको सामना गर्न बाध्य गर्‍यो।

कृषि–औद्योगिक वस्तुहरूको व्यापारमा रुसको भूमिकालाई ध्यानमा राख्दै यसले हाम्रा साझेदारहरूको खाद्य आपूर्तिलाई बेअसर राख्न सक्दैन। यद्यपि, रुसी संघ, विश्वव्यापी खाद्य बजारमा एक जिम्मेवार सहभागीको रूपमा कृषि उत्पादनहरू, मल, ऊर्जा वाहकहरू र अन्य महŒवपूर्ण उत्पादनहरूको निर्यात वितरणको सन्दर्भमा अन्तर्राष्ट्रिय अनुबन्धहरूअन्तर्गत आफ्ना दायित्व इमान्दारीपूर्वक पूरा गर्न जारी राख्न चाहन्छ। हामी सम्भावित खाद्य संकटबारे गहिरो रूपमा चिन्तित छौं। एसिया, अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वका राज्यहरूको सामाजिक–आर्थिक विकासका लागि खाद्यान्नलगायत सामाजिक रूपमा महŒवपूर्ण वस्तुहरूको आपूर्तिको महŒवबारे पनि सचेत छौं। खाद्य सुरक्षा सूचकहरू र दिगो विकास लक्ष्यहरूका प्राप्ति यी अवस्थाहरू  हितमा छन् कि विकासोन्मुख देशहरूले परिस्थितिको वास्तविक कारणहरू बुझ्छन्। एकपक्षीय दबाबका अस्वीकार्यतामा आफ्नो दृढ अडानको घोषणा गर्छन्। जसको परिणाम अपवादबिना सबैका लागि विनाशकारी हुन सक्छ।

रुसको आत्मनिर्भर अर्थतन्त्र र वित्तीय प्रणाली स्थिर र लयबद्ध रूपमा काम गरिरहेको छ भनी ढुक्कसँग भन्न सकिन्छ। आज हामी स्पष्ट रूपमा रुसलाई अलग गर्ने व्यर्थ प्रयासहरू देख्छौं। मानव जातिको इतिहासमा यस्तो नीतिको अन्त्य कहिल्यै राम्रोसँग भएको छैन। रुस एक उदार नागरिकहरू भएको एक महान् देश हो। हामी सधैं विश्वका लागि खुला छौं र विश्वव्यापी सुरक्षा र एक निष्पक्ष विश्व व्यवस्था सुनिश्चित गर्न आवश्यक हदसम्म मित्रवत् रहनेछौं। हाम्रो देशले मानव जातिको विकासमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न गाह्रो छ। शताब्दीयौंदेखि विश्व साहित्यका विश्व उत्कृष्ट कृतिहरू, अद्भुत सांगीतिक कार्यहरू, इतिहासको पाठ्यक्रम परिवर्तन गर्ने आविष्कारहरू स्मार्ट र प्रतिभाशाली व्यक्तिहरू दिइरहेका छौं। 

ठीक यसैबेला, आफ्नो र परचक्रीहरूका रूपमा विभाजन गर्दै केही देशद्वारा सक्रिय रूपमा रसियाले गरेका सबै राम्रा कार्यहरूलाई नराम्रो गरी बाहिर निकाल्ने प्रयास गरिरहेको देखिन्छ। हामीले गरेका सुकार्यहरू आफ्नो नाममा दर्ज गराई आफू उपयुक्त बनाउने प्रयास गरिरहेको देखिन्छ। दोहोर्‍याउँछु, रुसले युद्ध सुरु गर्दैन बरु रुसले तिनीहरूलाई समाप्त गर्छ। हामी सबै अब एउटै कुराको सपना देख्छौं– पारस्परिक सम्मानले भरिएको एक न्यायपूर्ण र समृद्ध संसारमा बाँच्ने। धेरै चाँडै, न्यायको विजय हुनेछ र सत्य सबैलाई थाहा हुनेछ। जसले नयाँ विश्व इतिहासका घटनाहरूको मूल्यांकन गर्न अझै पनि सामान्य ज्ञान गुमाएका छैनन्। 

आज, रसिया दिवसको पूर्वसन्ध्यामा, भन्न चाहन्छु कि अब निर्णायक क्षण आएको छ। जब युक्रेनी द्वन्द्वमा संलग्न सबै पक्षले (पश्चिमी देशहरूसहित) आफ्नो मास्क फ्याँकेर वास्तविक अनुहार र लक्ष्य देखाउने छन्। रुसी संघको सरकारले स्थिति र सबै राज्यहरूको प्रतिक्रियालाई नजिकबाट निगरानी गरिरहेको छ। हालको संकट नाजीवाद र राष्ट्रिय श्रेष्ठताको विचारधाराविरुद्धको लडाइँमा संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रको प्रतिबद्धताको परीक्षा हो। यसले रुसको साँचो मित्रहरू को को हुन् भनेर पनि प्रकट गर्छ।

लेखक नेपालका लागि रूसी संघका राजदूत हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.