चट्टयाङ लागेर वालिङ्गमा दुई भैंसी मरे
स्याङ्जा : चट्याङ् लागेर वालिङ नगरपालिका ६ पित्लेकमा २ वटा भैंसी मरेका छन्।
मंगलबार राति परेको चट्याङ् लागेर हामबहादुर थापाका गोठमा बाधिएका २ वटा भैंसी मरेको वालिङ् प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।
एउटा ब्याउने र अर्को थारो भैंसी मरेको प्रहरीले जनाएको छ।
थापा परिवारलाई लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
मंगलबार साँझदेखि नै स्याङ्जामा अत्याधिक पानी परिरहेको छ।