योगेशको टिप्पणी : मल खोज्न भारत गएका कृषिमन्त्री कहाँ पुग्नुभयो, हालखबर के छ ?
काठमाडौंः सांसद योगेश भट्टराइले किसानको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको बताएका छन् ।
प्रतिनिधि सभामा सांसद भट्टराई किसानको हकहितमा सरकारले काम नगरेको बताएका हुन् ।
उनले किसान पेन्सन कार्यक्रम कार्यान्वयनका लागि किसानको सूचिकरण र वर्गीकरण हुन आवश्यक रहेको बताए ।
सरकारले वास्तविक किसानलाई होइन नक्कली किसानलाई पोस्ने गरेको बताए ।
उनले भने, ‘यो सरकारले मल ल्याउन खोजेको छैन । माल ल्याउन खोजिरहेको छ । जबसम्म मलमा माल आउँदैन तबसम्म मल आउनेवाला छैन । ’
बालीनाली लगाउने बेला भइसकेको भन्दै मलको हाहाकार भएको बताए । उनले भने, ‘मल खोज्न कृषी मन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ की आउँदैन ? मल लिएर आउनुहुन्छ की नलिएर आउनुहुन्छ ? मल नपाएर थकित भएर कृषि मन्त्री उतै थकित र निर्वासीत हुनुभयो की भन्ने छ सभामुख महोदय ।’
प्रतिक्रिया दिनुहोस !