उपसभामुख पद खारेज गर्न कांग्रेस सांसदको माग
काठमाडौंः सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा बोल्दै नेपाली कांग्रेसका सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’
उनले उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गर्नुपर्ने बताए।
उनले संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि खारेज गर्न माग गरे ।
सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त हुनुपर्ने बताए । एक वर्षदेखि समितिको बैठक बस्न नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस !