चितवनमा जन्ती बस दुर्घटना, १९ जना घाइते

चितवनमा जन्ती बस दुर्घटना, १९ जना घाइते

चितवन : दुलही लिएर जाँदै गरेको जन्ती बस पूर्वी चितवनको रत्ननगरमा दुर्घटना भएको छ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस   टाँडीको लोरीघोलमा पल्टिएको हो। दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्। बसमा ३० जना सवार थिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

सामान्य उपचारपछि ठिक भएका बस चालक खैरहनी नगरपालिका ९ का ३१ वर्षीय रमेश शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.