चुनाव घोषणा गर्न माग गर्दै पाकिस्तानमा इमरानको पार्टीले चर्कायो आन्दोलन

चुनाव घोषणा गर्न माग गर्दै पाकिस्तानमा इमरानको पार्टीले चर्कायो आन्दोलन

इस्लामावाद : पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन्।

बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाए पनि पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए।

‘उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल लको युगमा पनि देखिएको थिएन,’ अप्रिलमा प्रधानमन्त्रीको कार्यालयबाट हटाइएका खानले आन्दोलनलाई रोक्न र आफूलाई जेलमा हाल्न सरकारले खोजिरहेको बताउँदै भने। आफूलाई जेलमा हाले पनि वा अन्य उपाय अपनाए पनि आन्दोलन नरोकिने दृढता पूर्वप्रधानमन्त्री खानले व्यक्त गरे।

उनले आफूलाई जेलमा हाल्ने योजना बनाइएको बताए पनि चुनावको मिति घोषणा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आफूहरूमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाए। वर्तमान सरकारले देशको भविष्य अन्धकार पारेको उनको टिप्पणी छ। यसैबीच, पाकिस्तान सरकारले तत्काल चुनाव गराउन अस्वीकार गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.