अमेरिकी उच्च सैनिक अधिकारी आज आउँदै
काठमाडौं : अमेरिकी सेनाका उच्च सैनिक अधिकारी आज विशेष विमानबाट काठमाडौं आउँदै छन् ।
अमेरिकी सेनाका एसिया –प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स ए फ्लिन अमेरिकी सेनाको एयर फोर्सबाट काठमाडौं आउन लागेका हुन् ।
केही दिनअघि भारतको नयाँ दिल्ली आएका जनरल फ्लिन त्यहाँ भारतीय सेनाध्यक्ष मनोज पाण्डेसँग भेट गरेका थिए ।
प्रधानसेनापति प्रभुराम शर्मा समेत असार पहिलो साता अमेरिकाको भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाका उच्च अधिकारी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्नेछन् ।
जनरल फ्लिनले विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम छ।