घरबेटीको मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु

घरबेटीको मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु

नेपालगञ्ज : बाँकेमा मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको राप्ती नदीमा मलामी गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको  बाँके प्रहरीले जनाएको छ।

हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल बिहीबार बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए।

पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा  कपडा र एक थान मोबाइल फेला परेको थियो । 

डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदी किनारमा उनीहरूको शव फेला पारेको हो । 

हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसैवर्ष धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.