गुल्मीमा स्कुल जाँदै गरेका विद्यार्थीको डोजरले फालेको ढुंगा लागेर मृत्यु
गुल्मी : ढुंगाले लागेर विद्यालय जाँदै गरेका एकजना विद्यार्थीको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका -३ निवासी १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
निर्माणकार्य चलिरहेको सडकबाट डोजरले फालेको ढुंगा लागेर उनी घाइते भएका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोजर चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।