शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट आयो इसा? भित्रभित्रै मिलेमतो त छैन?

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट आयो इसा? भित्रभित्रै मिलेमतो त छैन?

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपाली पाठ्यक्रममा इसाइ धर्मसँग सम्बन्धित इसा शब्द उल्लेख गरेकोमा आपत्ति जनाएका छन्।

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता रावलले इसा शब्द राखेकोमा आपत्ति जनाएका हुन्।  

‘मैले पाठ्यक्रममा हेरे। मैले एउटा पत्रिकामा पढे। अचम्म लाग्यो। त्यहाँ एउटा पाठ्यपुस्तकमा के लेखेको रहेछ भने, इ भनेको इसा, इसाले हाम्रो कल्याण गर्नुहुन्छ,’ उनले भने, ‘धर्म निरपेक्ष भनेको होइन देश? मैले त बाल्यकालमा ई भनेको ईश्वर पढेको थिए, ल कसैलाई ईश्वर भन्न मन भएन, इ माने इमान किन लेख्नुभएन? कहाँबाट इशा आयो? यो शिक्षामन्त्रीलाई थाहा छ कि छैन?’

रावलले अगाडि सोधे, ‘कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर् पाइनेछैन भनेर लेख्ने र भित्रभित्रैबाट आफैं कतैबाट फाइदा लिएर त लागेको छैन?’

रावलले नेपाली जनताका लागि यो प्रश्नको जवाफ दिनुपर्ने माग गरे। ‘नभए कसरी लेखियो त्यो पाठ्यक्रममा? यो कुराको जवाफ दिनुपर्छ,’ उनले भने।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.