सुवालको प्रश्न : भारतलाई १९ रुपैयाँमा बिजुली बेचेर ३८ मा किन्दा कति कमिसन आयो ?

सुवालको प्रश्न : भारतलाई १९ रुपैयाँमा बिजुली बेचेर ३८ मा किन्दा कति कमिसन आयो ?

काठमाडौं : नेपाल मजदुर किसान पार्टी नेता एवम् सांसद प्रेम सुवालले भारतलाई बिजुली बेच्नुभन्दा नेपालीलाई खान पकाउन सस्तो दिन आग्रह गरेका छन्। शुक्रबार संसद बैठकमा बोल्दै उनले इन्धनको मूल्य वृद्धि भएकाले ग्यासको साटो बिजुलीबाट पकाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्। 

उनले भने, ‘भारतलाई १९ बिजुली बेचेको तर भारतबाट ३८ रुपैयाँमा बिजुली किनेको भन्ने कुरा आएको छ। बिजुली खरिद बिक्रिमा मोटै कमिसन लिनु भएको समाचार बाहिर आएको छ। यसबारे पनि सरकारले बोल्नु आवश्यक छ।’

सुवालले परराष्ट्र मन्त्रालयको कार्यसूचीमा नभएपनि अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया जाउलाखेल स्थित तिब्बती शरणार्थी शिविरमा पुगेको भन्दै आपत्ति जनाए। उनले यस्ता घटनाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप किन भन्ने प्रश्न उठेको बताए। उनले परराष्ट्र मन्त्रालयले औचित्य सावित गर्न नसकेको दाबी गरे। उनले भने, ‘सीमामा पिल्लर डलेका छन् उठाउने बजेट छैन।’

उनले सरकारको यो बजेट १० प्रतिशतका लागि ९० प्रतिशतले बलिदान दिनुपर्ने गरि आएको टिप्पणी गरे। सुवालले सरकारप्रति विदेशीले विश्वास गर्न छाडेको समेत बताए। उनले राजदूत नियुक्तिमा करोडौं चलखेल भएको खबर आएकोले सरकारले जवाफ दिनुपर्ने बताए। असार १५ गते धान रोपाईं दिवस आउँदैछ किसानले मल पाएका छैनन् यसबारे सरकार के भन्छ ? भन्दै सुवालले जवाफ मागेका छन्।

पाँच दलीय गठबन्धन सरकारले नेपाली प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले अरुण-४, सेति नदी -६ र पश्चिम सेति जलविद्युत पनि भारतलाई दिएको भन्दै उनले सोझै देशघाती काम भएको बताए। उनले सम्झौता खारेजको समेत माग गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.