भारतमा कोरोना बढ्यो : ७ हजार ५८४ नयाँ सङ्क्रमित, २४ को मृत्यु
नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घण्टामा थप सात हजार ५८४ मा कोरोना सङ्क्रमण भएको त्यहाँको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ छ। यो कुल सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ। हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए।
पछिल्लो २४ घण्टामा ३ हजार ७९१ कोरोनाबाट मुक्त भएका छन्। अहिलो कोरोना मुक्तको संख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ। अहिले कोरोना मुक्ति दर ९८.७० प्रतिशत रहेको छ।
गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २४ हजार ७४७ पुगेको छ।
भारतमा कोरोना सुरु भएदेखि हालसम्म कुल ८५ करोड ४० लाखभन्दा बढी व्यक्तिको परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ।