जिसस पर्सामा जसपा-एमाले गठबन्धन विजयी

जिसस पर्सामा जसपा-एमाले गठबन्धन विजयी

वीरगन्ज : जिल्ला समन्वय समिति(जिसस) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनको प्यानल विजयी भएको छ।

शुक्रबार भएको निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन्। बाँकी ७ सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सरोज चौरसीयाले भने १३ मत पाए। यस्तै उपप्रमुखमा एमालेका कुर्मीपनि १५ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी काँग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाइन्।

जिससको ७ जना सदस्यमा जसपाका विजयकुमार राउत, जसपाकै राजपति देवी, जसपाकी व्यान्ति देवी कुर्मी, एमालेका रामप्रसाद यादव, एमालेकै श्रीकान्ती देवी थरुनी, एमालेकै खलिल मिया अन्सारी निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २८ जनाले मतदान गरेका थिए। सत्तागठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरुबीच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो।

तर जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले भने एमालेसंग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो। काँग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो। उसलाई १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो।

पर्सामा रहेको १४ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुखगरी कांग्रेसले १२ पद, एमालेले १० पद, जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.