एकीकृत समाजवादीको जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम स्थगित
काठमाडौं : नेकपा एकीकृत समाजवादीको जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।
केन्द्रीय सचिवालयले स्थानीय तह निर्वाचनमा पार्टीबाट विजयी मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष, जिसस प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुका लागि असार ५ र ६ गते राष्ट्रिय अभिमुखिकरण कार्यक्रम तय गरेको थियो।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !