त्रियुगा नगरको कार्यपालिकामा बामगठबन्धन विजयी

त्रियुगा नगरको कार्यपालिकामा बामगठबन्धन विजयी

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यमा बामगठबन्धका उम्मेदवारहरु विजयी भएका छन्।

आठ सदस्य कार्यपालिकाका लागि भएको निर्वाचनमा बाम गठबन्धनबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सात र कांग्रेसका एक उम्मेदवार निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्यपालिकाको महिला सदस्यमा एमालेकी गिताकुमारी उप्रेती ४१, रेणुका श्रेष्ठ ४१, सुनिता गजमेर ४१, माओवादी केन्द्रकी कुन्ति परियार ४१ र रेखा थापामगरले ४१ मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यसैगरी दलित तथा अल्पसंख्यकतर्फ गठबन्धन एमालेका डिल्लिशेर राई ४२, माओबादी केन्द्रका विमल राई ४२ र कांग्रेसका बलदेव विश्वकर्माले ४१ मत प्राप्त गरी विजयी भएका हुन्। माओवादी केन्द्रका प्रहलादकुमार विश्वकर्मा र कांग्रेसका वलदेवले बराबरी मत ल्याएपछि गोलाप्रथामा वलदेव विजयी भएका हुन्।

त्रियुगा नगरपालिकाको कार्यपालिकामा कुल २६ सिट रहेको छ। त्यसमध्ये कांग्रेस मेयरसहित ११, एमाले उपमेयरसहित ९ र माओबादी केन्द्र ६ रहने छन्। १६ वटा वडामा ८२ जना जनप्रतिनिधि निर्वाचित रहेको नगरपालिकामा काँग्रेसबाट मेयर, वडाध्यक्ष ९ र सदस्य गरी ४२, एमालेबाट उपमेयर, वडाध्यक्ष ४ र सदस्य गरी २५ र माओवादीबाट ३ वडाध्यक्ष र सदस्य गरी १५ जना निर्वाचित भएका थिए।

९० जना सदस्य रहने नगरसभामा भने कांग्रेसका ४३, एमालेका २९ र माओवादीका १८ जना रहने छन्। कार्यपालिकामा कम्युनिष्ट पार्टी बहुमत रहेपनि नगरसभामा भने कांग्रेसले नै बहुमत प्राप्त गरेको छ। कार्यपालिका बनाउन प्रष्ट बहुमत प्राप्त गरेको कांग्रेस अन्तर्घातकै कारण पराजित बनेको हो।

बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा माओबादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन भएको थियो भने नेपाली कांग्रेस र नेकपा एमाले अलग–अलग मैदानमा थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.