सोनिया गान्धी अस्पताल भर्ना
काठमाडौं : कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी कोरोनासँग सम्बन्धीत समस्याका कारण अस्पताल भर्ना भएकी छिन्। २ जुनमा उनी माथि कोरोना संक्रमण पुष्टि भएको थियो।
कांग्रेसका वरिष्ठ नेता रणदीप सिंह सुरजेवालाका अनुसार गान्धीलाई अस्पतालको निगरानीमा राखिनेछ। हाल उनको अवस्था सामान्य रहेको छ।