पैगम्बर मोहम्मद विवाद : राँचीमा कसरी भड्कियो हिंसा
काठमाडौं : १० जुन दिउँसो शुक्रबारको नमाजपछि मुस्लिम समुदायका मानिसहरु बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्माको गिरफ्तारीको माग गर्दै मुख्य सडकमा जुलुस निकाले।
यिनीहरुमध्ये कसैले हातमा धार्मिक झण्डा र कसैले हातमा कालो झण्डा लिएर प्रदशन गरिरहरेका थिए। जुलुसमा सहभागीहरु हनुमान मन्दिरसम्म शान्तिपूर्ण तरिकाबाट नाराबाजी गर्दै गइरहेका थिए।
हनुमान मन्दिर पुग्नेबेला जुलुसमा सहभागी भएका केही व्यक्तिहरु मन्दिरमा ढुङ्गामुढा गर्न थाले। जुलुसमा सहभागी केही व्यक्तिहरुले त्यस्तो नगर्न आग्रह गर्दापनि उनीहरुले मानेनन्।
त्यहाँ रहेका प्रहरी पहिला शान्त बसिरहेका थिए। तर केही समयपछि प्रहरीले फायरिङ्ग सुरु गर्यो। त्यसपछि भीडमा रहेका व्यक्तिहरु झन् धेरै आक्रमक भए।
यसैदौरान भएको ढुंगा प्रहारबाट एसएसपीसहित केही प्रहरीलाई चोट लाग्यो। प्रहरीका अनुसार १२ प्रहरी गरी जम्मा २४ जना घाइते भए। बीबीसी हिन्दी