उदयपुरका चार जनामा कालाजार

उदयपुरका चार जनामा कालाजार

उदयपुर : उदयपुरका ४ जनामा कालाजार देखिएको छ। त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकाका ४ जना विरामीको लक्षणका आधारमा परीक्षण गर्दा पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाका अनुसार त्रियुगा नगरपालिका-१२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा, रौतामाई गाउँपालिका-५ आँपटारका ५० वर्षिय अरीरत्ना राई, ताप्ली गाउँपालिका-५ रुपाटारका ११ वर्षिय बालिका शेसुका राई र ६२ वर्षिय पुरुष कलबहादुर खिलिङ्गेमा कालाजार भेटिएको हो।

अलिम र अरीरत्नाको उपचारकोक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत्र महिनामा नै पुष्टि भएको हो। उनीहरुको अहिले उपचार भईरहेको निरौलाले जानकारी दिए। त्यस्तै ताप्लीका राईको कान्ति बाल अस्पताल काठमाण्डौ र खिलिङ्गेमाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले कालाजारको पुष्टि गरेको उनले बताए।

सदरमुकाम भित्रको डिएमगेटमा नै कालाजारका बिरामी देखिएपछि छरछिमेकी ८१ जनाको ट्रेसिङ गरिएको छ भने ३१ जनाको चेकजाँच गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको निरौलाले बताए। जनकपुर क्षेत्रिय कार्यालयका कालाजार परीक्षण गर्ने क्षेत्रिय कोअर्डिनेटर रामनारायण पण्डितको नेतृत्वमा आएको टोलीले डिएमगेट आसपासका ३१ जनामा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको उनले बताए।

क्षेत्रिय कार्यालयको टोली र स्वास्थ्य कार्यालय उदयपुरको ल्याब टोली रौतामाई गाउँपालिका-५ आँपटार र ताप्ली गाउँपालिका ५ रुपाटारमा कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका आफन्त वा वरिपरिका व्यक्तिहरुलाई परीक्षणको लागि परिचालन भएको छ।

यसअघि ताप्ली गाउँपालिका-५ मा एक बालकमा पनि कालाजार पुष्टी भएको थियो। उनको उपचारपछि निको भएको जनाइएको छ। भुसुनाको टोकाईको माध्यमबाट सर्ने भएकाले यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्न सके चाँडै नै नियन्त्रणमा आउन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले जानकारी दिए।

कालाजारका लक्षण विषेशगरी हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो कढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्तो हुने भएकाले बेलुकी पख उड्ने भुसनाबाट बच्नु पर्ने स्वास्थ्य कार्यालय प्रमुख दासले जानकारी दिए। ‘कालाजार विशेषगरी तराईमा मात्र देखा पर्ने रोग हो। पछिल्लो समयमा पहाडतिर पनि देखा पर्ने थालेको छ। यो रोग भुसुनाको टोकाइबाट सर्ने रोग हो’, स्वास्थ्य कार्यालय प्रमुख दासले भने, ‘यो रोगको लक्षण ज्वरो आउने, तौल घटने आदि हो। यसले कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.