भारत नियन्त्रित काश्मिरमा भिडन्तमा यस वर्ष १०० विद्रोहीको मृत्यु

भारत नियन्त्रित काश्मिरमा भिडन्तमा यस वर्ष १०० विद्रोहीको मृत्यु

नयाँ दिल्ली : यस वर्षको शुरुदेखि नै सरकारी फौजले भारत प्रशासित काश्मिरमा भएका सशस्त्र भिडन्तमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ। प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, 'यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन्।'

प्रहरीका अनुसार गत वर्षको सोही अवधिमा मारिएका आतङ्ककारीको संख्याभन्दा यो सङ्ख्या दोब्बर हो।

आइतबार प्रहरीले त्यस क्षेत्रमा दुई अलग–अलग बन्दुक भिडन्तमा चार विद्रोहीको हत्या गरेको जनाएको छ। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरमा एक जना विद्रोहीलाई गोली लागी मृत्यु भएको छ भने दक्षिणी पुलवामा जिल्लामा अन्य तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, यीमध्ये अधिकांश बन्दुकहरू आतंककारीहरूको उपस्थितिको संकेत दिने पूर्व विशिष्ट गुप्तचर जानकारीमा गरिएका थिए।  

भारत र पाकिस्तानबीच विभाजित हिमालय क्षेत्र काश्मिर दुवैले पूर्ण दावी गरेका छन्। बेलायतबाट स्वतन्त्र भएदेखि यी दुई देशले तीनवटा युद्ध लडेका छन् र विशेष गरी दुईवटा कश्मीरी क्षेत्रमा लडेका छन्।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.