गण्डकी प्रादेशिक शिक्षा रणनीतिक योजना निर्माणका लागि सुझाव संकलन

गण्डकी प्रादेशिक शिक्षा रणनीतिक योजना निर्माणका लागि सुझाव संकलन

स्याङ्जा : गण्डकी प्रदेश शिक्षा नीतिका बारेमा स्याङ्जामा सरोकारवालाबीच बृहत छलफल एवं राय सुझाव संकलन गरिएको छ। गण्डकी प्रदेश शिक्षा नीति २०७८ तयार भएको अवस्थामा र रणनीतिक योजना बनाई समग्र शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने उदेश्यले जिल्लागत राय सुझाव संकलन गरिएको हो। 

शिक्षा नीतिसँगै रणनीतिक योजना निर्माणका लागि यहाँका स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख एवं कार्यरत कर्मचारी, प्रधानाध्यापक, अभिभावक, संचारकर्मी, प्रशासक र शिक्षासंग सरोकार राख्नेहरुको प्रत्यक्ष सहभागितामा छलफलगरी सुझाव संकलन गरिएको छ।  

‘शिक्षामा राज्यको लगानी बढाउनुपर्ने, सर्वसुलभ, निशुल्क र सबैलाई समान शिक्षा पाउने ब्यवस्था हुनुपर्ने, वर्तमान अवस्था अनुरुप शिक्षालयको भौतिक, वातावरणीय र प्रविधि शिक्षालाई ब्यवहारमा कार्यान्वयन गरिनुपर्ने, विभेदपूर्ण शिक्षा प्रणालीको अन्त्य गरिनुपर्ने,  शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट रोक्नु पर्ने’, विषयलाई रणनीतिक योजनामा समावेश गर्न सुझाव आएका छन्।

यसैगरी ‘राम्रा र अब्बल विद्यार्थीका रोजाईका शिक्षण पेशा नपर्नु, शिक्षकले प्रर्याप्त प्रशिक्षण पाए पनि ब्यवहारत : विद्यालयमा अवलम्बन गर्न नसक्नु, शिक्षक, विद्यार्थी र अभिभावकले आ आफना जिम्मेवारी र भूमिका बुझ्न र बुझाउन नसक्नु, अझै पनि परम्परागत र घोकन्ते शिक्षामै जोड दिइनु, बिद्यार्थीका चाहना बमोजिमका पाठ्यपुस्तक, स्थानीय पहिचान र धर्मसंस्कृति सहितका पाठ्यक्रम, र सहित खेलकुद र बिबिध क्रियाकलापलाई बिद्यालयले प्राथमिकता नदिनु’ ले शिक्षा क्षेत्रका कमी कमजोरी रहेको जनाउँदै आउने शिक्षा नीतिमा यी कुराहरुलाई समावेश गर्नेगरी सहभागीले सुझाव दिए।  

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेल, शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछाने, प्रा.डा. इन्द्रप्रसाद तिवारी, शैक्षिक रणनीतिक योजना निर्माण कार्यदलका सदस्य एवं पूर्व जिल्ला शिक्षा शिक्षा अधिकारी केशरीरमण न्यौपाने, मन्त्रालयका उपसचिव भोजराज न्यौपाने लगायतले प्रादेशिक शिक्षा नीति २०७८ मा समावेश गरिएका बिषयबस्तुलाई जानकारी गराएका थिए। 

यसैगरी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य,  शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गुरुप्रसाद पौडेल, जिल्ला विकास समितिका पूर्व सभापति रामबहादुर थापा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शिक्षाको आवश्यकता र महत्वका बारेमा जानकारी गराउदै बिद्यालयभित्र रहेका वा बिद्यालय बाहिर रहेका समग्र बालबालिकालाई लक्षित गर्दै  आवश्यक रणनीति बनाई ब्यवहारमै लागु गर्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.