उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

उत्तरकोरिया नयाँ आणविक परीक्षणको अन्तिम चरणमा

एजेन्सी : उत्तरकोरियाले नयाँ आणविक परीक्षणको तयारी पूरा गरिसकेको जनाउँदै दक्षिणकोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञले देशको शीर्ष नेतृत्वको राजनीतिक निर्णयले मात्र त्यसलाई अगाडि बढ्नबाट रोक्न सक्ने बताएका छन्।

वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए। प्योङयाङले अब गर्ने आणविक परीक्षण सातौँ हुनेछ।

“उत्तरकोरियाले अर्को आणविक परीक्षणको तयारी पूरा गरिसकेको छ, त्यसलाई राजनीतिक निर्णयले मात्र रोक्नसक्नेछ। यदि उसले अर्को आणविक परीक्षण गर्छभने त्यसको प्रतिरोध गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू थप सुदृढ बनाउनुपर्नेछ। उसले आफ्नो सोच परिवर्तन गर्नुपर्छ र सही निर्णय लिनुपर्छ,” विदेशमन्त्री पार्कले भनेका छन्। 

उनले प्योङयाङमाथि प्रतिबन्ध बाहेक कस्तो मूल्य चुकाउनुपर्ने वा भावी प्रतिरोध नीति कस्तो हुने भन्नेबारेमा भने केही बताएका छैनन्। सोमबारअघि अमेरिकी र दक्षिणकोरियाली अधिकारीहरूले उत्तरकोरिया नयाँ आणविक परीक्षणको तयारीहरू पूरा गर्ने चरणमामात्र रहेको बताएका थिए।

विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी दक्षिणकोरिया र जापानले आफ्नो सैन्य व्यवस्थापन अल्पकालीन एवम् दीर्घकालीन रणनीतिका साथ समायोजन गर्न सक्ने उल्लेख गर्दै अन्य राष्ट्रसँग निकट सम्पर्क एवम् समन्वयमा रहेर तयारी गरिरहेको बताए। उनले यसका अतिरिक्त उत्तरलाई निरन्तर दबाब दिइरहने रहने र उपयुक्त भएमा त्यसलाई बढाउने जनाए। 

दुवै देशका विदेशमन्त्रीले पूर्व शर्त बिना वार्तामा आउन उत्तर कोरियालाई आह्वान गरे। अमेरिकी विदेशमन्त्री पछिल्ल दिनमा गरिएको वार्ताको आह्वानलाई वेवास्ता गरेकामा खेद व्यक्त गरे। 

उत्तरकोरियाली नेता किम जोङ उनले बाहिरी खतराहरूको सामना गर्न ठूलो रक्षा क्षमताको लागि आह्वान गरेको भोलिपल्ट आइतबार समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिणकोरियाली सेनाले बताएको थियो।

केही विज्ञहरूहरूले उत्तरकोरियाको आणविक परीक्षणको तयारीलाई आफूविरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो पार्न र आफ्ना प्रतिद्वन्द्वी वासिङ्टन र सोललाई दबाब दिने प्रयासका रूपमा टिप्पणी गरेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.