भारतीय कांग्रेस नेता राहुल गान्धीसँग किन गरिंदै छ बारम्बार सोधपुछ?

भारतीय कांग्रेस नेता राहुल गान्धीसँग किन गरिंदै छ बारम्बार सोधपुछ?

नयाँ दिल्ली : भारतमा हाल ईडीले(प्रवर्तन निर्देशनालय) नेसनल हेराल्डसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा कांग्रेस नेता राहुल गान्धीसँग बारम्बार सोधपुछ गरिरहेको छ। कांग्रेस नेता गान्धीलाई तेस्रो दिन बुधबार पनि सोधपुछको लागि बोलाइएको छ। 

यसअघि सोमबार प्रवर्तन निर्देशनालयले राहुल गान्धीसँग करिब ११ घण्टा सोधपुछ गरेको थियो। मंगलबार पनि आठ घण्टाभन्दा बढी समय सोधपुछ गरिएको थियो।कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले राहुल गान्धीलाई लगातार तेस्रो दिन पनि सोधपुछका लागि बोलाएको विषयमा ट्वीट गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘लगातार तेस्रो दिन ईडीले राहुल गान्धीलाई सोधपुछका लागि बोलायो। २२ घण्टा सोधपुछ भइसक्दा पनि आज फेरि फोन आयो। कुन प्रकरणमा? जसको कुनै एफआईआर छैन। जुन मोदी सरकारले नै छानबिन गरेर तथ्यको अभावमा खारेज गरेको थियो। यो सोधपुछको नाममा विशुद्ध प्रतिशोध मात्र हो।' उनले थप लेखेका छन्, ‘राहुल गान्धीको के दोष ? उनी डराउँदैनन्। उनी भाजपा सरकारलाई प्रश्न सोध्छन्।'

मंगलबार, कांग्रेस नेता टीएस सिंह देवले ईडीसँग सोध्न कुनै प्रश्न नै नभएको दावी गरेका थिए। उनले भनेका थिए, 'मलाई लाग्दैन कि उनीसँग कुनै यस्तो प्रश्न छ जुन सोध्न चाहन्छन्। यदि कुनै समस्या वा प्रश्न छ भने सिधै सोध्थे। जानकारी प्राप्त गर्न धेरै समय लागिरहेको छ भने तपाईंलाई के सोध्ने भन्ने नै थाहा छैन।'

यसअघि कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले राहुल गान्धीको समर्थनमा उभिरहेका कांग्रेस कार्यकर्ता र नेताहरूलाई दिल्ली प्रहरीले कुटपिट गरेको आरोप लगाएका थिए। दिल्ली प्रहरीले मंगलबार प्रदर्शनमा संलग्न धेरै कार्यकर्ता र नेताहरूलाई पक्राउ गरेको थियो। तर, पछि उनीहरु रिहा भए।

यसअघि सोमबार पनि कांग्रेस नेताहरु र्‍यालीमा निस्कँदा प्रहरीले नियन्त्रणमा लिएको थियो। राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, कांग्रेस नेता अधीर रञ्जन चौधरी, केसी वेणुगोपाल, हरिश रावत, जयराम रमेश र रणदीप सुरजेवालालाई पनि हिरासतमा राखिएको थियो।

कांग्रेस महासचिव प्रियंका गान्धी पनि आफ्ना भाइ राहुल गान्धीसँगै ईडीको कार्यालय पुगेकी थिइन्। पछि उनी तुघलक रोड प्रहरी चौकी पुगिन् जहाँ कांग्रेस नेताहरूलाई हिरासतमा राखिएको थियो।

के हो विषय?

नेशनल हेराल्डको स्वामित्वमा रहेको कंग्रेस प्रायोजित योङ इन्डियन प्राइभेट लिमिटेडमा आर्थिक अनियमितता भएको आरोप लागेको छ। यसमा नौ महिनाअघि सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो। 

नेशनल हेराल्ड अखबार एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) द्वारा प्रकाशित छ, जुन यंग इन्डियन प्राइभेट लिमिटेडको स्वामित्वमा छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.