गौरे सार्कीको परिवारका लागि घर निर्माण सुरु

गौरे सार्कीको परिवारका लागि घर निर्माण सुरु

दैलेख : राष्ट्रिय गौरबको आयोजना मध्य पहाडी राजमार्गदेखि दुई सय मिटर दुरीमा उनीहरुको झुपडी छ । 

काठका खाबाको सहायता र त्रिपालको छानोले बनेको झुपडी । काठका खाँवामाथि त्रिपाल टांगिएको छ । त्रिपाल हावाहुरीले उडाएर धुजाधुजा बनेको छ । त्यहाँ कष्टकर दैनिकी विताइरहेका थिए, भैरबी गाउँपालिका–१ रावतकोटस्थित मेहलटाकुरा गाउँका गौरे सार्कीको परिवार । 

अबको केहि दिनमा भने उनीहरु बस्ने घरको मुहार फेरिदैछ। काठका खाँवामाथि त्रिपाल टाँगेर दैनिकी गुजारिरहेका उनीहरु अब सुरक्षित र नयाँ घरमा बस्न पाउनेछन् । गौरे सार्कीका लागि भैरबी गाउँपालिका र पञ्चदेवल पूर्व विद्यार्थी समाजले घर निर्माणको काम सुरु गरेको छ । चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन गरिरहेका उनिहरुका लागि गाउँपालिका र समाजले घर निर्माण थालेको हो । 

गौरेको परिवारले झेलिरहेको समस्याबारे यसअघि अन्नपूर्ण पोस्ट्मा ‘भुक्तमान भोगिरहेको एक दलित परिवार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएपछि गाउँपालिका र पञ्चदेवल पूर्वविद्यार्थी समाजले गौरेको परिवारलाई घर निर्माणका लागि चासो देखाएका थिए । 

गौरे सार्कीको परिवार र उनीहरु बस्दै आएको झुपडी । 

घर निर्माणसँगै गौरेको परिवार त्रिपालमूनीको कष्टकर बसाइबाट मुक्त हुने भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले बताए । उनले आफ्नो प्रशासनिक सेवा यी र यस्तै दलित तथा विपन्न घरपरिवारको समर्पित रहने समेत बताए । 

‘जसको आर्थिक मात्र नभई चेतनाको स्तर पनि माथि उठाउनु छ,' उनले भने । प्रमुख प्रशासकीय अधिकृत विकले समाचारमार्फत ध्यानाकर्षण गराएकोमा अन्नपूर्ण पोस्ट्लाई धन्यवाद दिएका छन् । 

गौरे सार्कीको लागि घर निर्माण सुरु भएसँगै गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर विक, वडा नं. १ का वडा अध्यक्ष डम्बरबहादुर कार्की, प्राविधिक पदम बहादुर महतरा, जगत बिष्ट, पञ्चदेवल पूर्व विद्यार्थी समाजका प्रतिनिधि तथा नेरा आवि महतारागाउँका प्रधानाध्यापक श्यामबहादुर थापा, वडा सचिव कलम महतारा लगाएतको टोलीले सयुक्त रुपममा अवलोकन समेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.