भारतमा कोरोना संक्रमण तीव्र, एकैदिन १२ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमण तीव्र, एकैदिन १२ हजारभन्दा बढी संक्रमित

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।  पछिल्लो २४ घण्टामा  १२ हजार २१३ जना संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ७ हजार ६२४ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।  

भारतको सरकारी तथ्यांक अनुसार हाल कोरोना संक्रमितको संख्या ५८ हजार २ सय १५  छ । हालको संक्रमणमुक्त दर ९८.६५% छ भने दैनिक संक्रमण हुने दर २.३५% र साप्ताहिक संक्रमण दर २.३८% छ।

दिल्लीमा पनि बढ्दै 

बुधबार दिल्लीमा कोरोनाका १ हजार ३७५ नयाँ संक्रमित भेटिएका छन् ।  दिल्लीमा संक्रमण दर ७.०१ प्रतिशत रहेको छ। बुधबार दिल्लीमा संक्रमणका कारण मृत्यु भने भएको छैन । 

नयाँ संक्रमित थपिएपछि दिल्लीमा कुल संक्रमितको संख्या १९ लाख १५ हजार ९०५ पुगेको छ । दिल्लीमा हालसम्म कोरोनाबाट २६,२२३ को मृत्यु भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.