अस्ट्रेलियामा कामदारको पारिश्रमिक वृद्धि
क्यानबेरा (सिन्ह्वा) : अष्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ। विभिन्न उपोभोग्य वस्तुहरूको मूल्य वृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक बढाइएको हो।
स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिक अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अस्ट्रेलियन डलर थियो।