पुतलीबजारका ४९ जनालाई सम्मान

पुतलीबजारका ४९ जनालाई सम्मान

स्याङ्जा : नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले विभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ। कांग्रेसका विभिन्न पद र जिम्मेवारीमा रही जिल्ला सभापति, जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहमा निर्वाचित अध्यक्ष र वडासदस्य सम्मका पदमा विजयी भएकालाई सम्मान गरिएको हो।

कांग्रेसको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित राजु थापा, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, सदस्य नेमबहादुर रानासहित हालैसम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित सबैलाई सम्मान गरेको हो।

पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र नगरभित्रका १४ वडा मध्ये ९ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ।

निर्वाचित वडामा एक सदस्य बाहेक सबै वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको थियो। सम्मान कार्यक्रमको उदघाटन गर्दे गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्थानीय तहमा झैं अब हुने प्रादेशिक र संघिय निर्वाचनमा पनि  कांग्रेसलाई विजयी गराउन आग्रह गरिन्।

यसैगरी कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजु थापाले पार्टीमा योगदान पुर्याउने सबै अग्रजलाई सम्मान र कांग्रेसको संगठनलाई तल्लोतहदेखि माथिल्ला तहसम्म संगठित र बलियो बनाउन सबैलाई जुट्न सुझाव दिए। संविधानसभा सदस्य समेत रहेको थापाका अनुसार, ‘वीपी कोइरालाले भने झैं कांग्रेसको संगठन बनाउन स्याङ्जा जाउँ भन्ने भनाईलाई सार्थक बनाउन सबै कांग्रेसजन एकजुट हुन जरुरी छ।’

कार्यक्रममा समन्वय प्रमुख श्रीप्रसाद जिटी, कांग्रेस उपसभापति केदार काफले, सचिव दामोदर लम्साल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, महासमिति सदस्यहरु कृष्णप्रसाद अर्याल, तारा मल्ल, अनिता रुचाल, प्रदेश ‘क’ का सभापति केशरबहादुर खाँण(धुव), जिल्ला सदस्य हिरादेवी शर्मा, तरुण दलका सदस्य रविन केसी लगायतले शुभकामनासहित बधाई मन्तब्य ब्यक्त गरे।

नगरसभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव महादेव श्रेष्ठले संचालन गरेका थिए। यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिकाभित्र कांग्रेसका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखसहित सबै जनप्रतिनिधीहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सबैलाई सम्मानपत्र, दोसल्ला, खादा र मालासहितले सम्मान गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.