विलासीताका वस्तुको आयात रोकिएपछि ड्राइपोर्ट भन्सार राजश्वको लक्ष्य पूरा गर्न असफल

विलासीताका वस्तुको आयात रोकिएपछि ड्राइपोर्ट भन्सार राजश्वको लक्ष्य पूरा गर्न असफल

वीरगन्ज : सरकारले विलासीताको वस्तु आयातमा रोक लगाएका कारण वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाह (डाइपोर्ट) भन्सार कार्यालयको राजश्व असुलीमा नकरात्मक असर परेको छ।

 
विदेशी मुद्राको संचिती घटदै गएपछि सरकारले विलाशीताका वस्तु (सवारीसाधन, मदिरा, इलेक्ट्रोनिक्स सामान इत्यादि) को आयातमा जेठ महिनादेखि रोक लगाएको छ। त्यहि कारण डाइपोर्ट भन्सार कार्यालय गत जेठ महिनामा भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको हो। 

भन्सार विभागले डाइपोर्ट भन्सार कार्यालयलाइ जेठ महिनामा ४ अर्ब ५१ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर जेठमा डाइपोर्ट भन्सारले लक्ष्यभन्दा ५ प्रतिशत कम अर्थात ४ अर्ब २९ करोड ८५ लाख ८७ हजार रुपैयाँमात्रै राजश्व संकलन गरेको छ।

योसंगै डाइपोर्ट भन्सार कार्यालय चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा पाएको राजश्व संकलनको लक्ष्यपनि भेट्याउन असफल भएको छ।

साउनदेखि जेठसम्म ११ महिनाको अवधीमा डाइपोर्ट भन्सारलाइ विभागले ४७ अर्ब ५२ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो। तर यो अवधीमा डाइपोर्ट भन्सारले लक्ष्यभन्दा ३ प्रतिशत कम अर्थात ४६ अर्ब १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ।

ड्राइपोर्ट भन्सार कार्यालयका प्रवक्ता सन्तोष न्यौपानेले सरकारले बिलासिताका वस्तु आयातमा रोक लगाएका कारण राजश्व असुलीमा त्यसको नकरात्मक प्रभाव परेको बताए। 

न्यौपानेले भने,‘ड्राइपोर्ट नाकाबाट बढी राजश्व उठ्ने भनेकै नयाँ सवारी साधन, विदेशी महङगा मदिरा, इलेक्ट्रोनिक्स सामानहरु इत्यादि हुन् तर तीनै वस्तुको आयात रोकिएपछि त्यसको असर राजश्व असुलीमा पर्नु स्वभाविक हो।’

साथै एलसी खोलेर आयात भएका मालवस्तुमा पनि मार्जिन राख्न वाणिज्य बैंकहरुले दबाब दिएपछि आयातकर्ताले ड्राइपोर्टसम्म ल्याएर पनि भन्सार जाँचपास गराउन नसकेका कारणले पनि राजश्व असुली कम भइरहेको उनले बताए। 

न्यौपानेका अनुसार सिर्सिया ड्राइपोर्ट भन्सार नाका हुँदै भारत तथा तेश्रो मुलुकबाट सबैभन्दा बढी नयाँ सवारीसाधन, विदेशी मदिरा, इलेक्ट्रोनिक्स सामान, औद्योगिक कच्चा पदार्थलगायतका मालवस्तु आयात हुने गरेका छन्। 

वीरगन्ज भन्सार भने सफल
वीरगन्ज नाकामै रहेको वीरगन्ज भन्सार कार्यालयले भने गत जेठ महिनामा राजस्व असुलिको लक्ष्यभन्दा बढी नै राजश्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको पछिल्लो ५ महिना (पुषदेखि बैशाखसम्म ) मा लगातार मासिक राजस्व लक्ष्य भेट्याउन असफल हुँदै आएको वीरगन्ज भन्सारले जेठ महिनामा भने लक्ष्यभन्दा बढि राजश्व संकलन गरेको हो।

वीरगन्ज भन्सारले विभागले दिएको लक्ष्यभन्दा झण्डै सवा अर्ब बढी अर्थात १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार रुपैयाँ संकलन गरेको हो। जुन मासिक लक्ष्यभन्दा ७ दशमलव ९१ प्रतिशतले बढी हो। भन्सार विभागले गत जेठमा वीरगन्ज भन्सारलाई १६ अर्ब ७५ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो।

वीरगन्न्ज भन्सारले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अवधीमा पनि लक्ष्यभन्दा करिब ३ अर्ब बढी राजश्व संकलन गरेको छ। ११ महिनाको अवधीका लागि १ खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको वीरगन्ज भन्सारले यस अवधिमा लक्ष्यभन्दा १ दशमलव ७० प्रतिशतले बढी अर्थात १ खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार रुपैयाँ राजस्व उठाएको हो।

जेठ महिनामा इन्धनको आयात बढेसंगै त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.