अफगानिस्तानको गुरुद्वारामा कार बम आक्रमण, ३० जना भित्र फसेका

अफगानिस्तानको गुरुद्वारामा कार बम आक्रमण, ३० जना भित्र फसेका

काबुल : अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको खबर छ। आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन। तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ।

अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुन सक्छ। आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ। यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन्।

यद्यपी मृतक अथवा हताहतको यकिन संख्या भने आउन सकेको छैन। गुरनाम सिंहले तालिबान शासनले कसैलाई पनि परिसरमा प्रवेश गर्न नदिने बताएको छ। सामाजिक सञ्जालमा भइरहेका समाचारमा परिसरमा बन्धक बनाएका व्यक्ति गुरुद्वाराको दोस्रो तल्लामा रहेको दाबी गरिएको छ।

 
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आक्रमणलाई लिएर भारत चिन्तित भएको बताएका छन्। उनका अनुसार भारतले यो अवस्थालाई ध्यानमा राखेर जानकारी लिन कुरिरहेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.