खाँचीकोटको चुन ढुंगा उत्खनन बन्द गर्ने कांग्रेसको निर्णय
सन्धिखर्क : सन्धिखर्क-७ खाँचीकोटमा उत्खनन गरिएको चुनढुंगाले वातावरणीय प्रभाव परेको भन्दै उत्खनन बन्द गर्ने कांग्रेस अर्घाखाँचीले निर्णय गरेको छ।
विपि स्मृति भवन सन्धिखर्कमा शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले जथाभावी चुनढुंगा उत्खननले वातावरणमा प्रभाव परेको भन्दै उत्खनन बन्द गर्ने निर्णय गरेको हो।
बैठकले वडा कार्य समितिबाट परेको उजुरीका आधारमा स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने १० जना नेतालाई निलम्बन गरेको छ। वडा कार्य समिति, पालिका समिति, प्रदेश क्षेत्रीय समिति हुँदै अनुशासन समितिले गरेको सिफारिसका अनुसार १० जना नेताहरूलाई निलम्बन गरिएको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सूर्य प्रसाद भुसालले बताए।