साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरस्थित आफ्नो बिच हाउस नजिकै साइकलबाट लडेका छन्। शनिबार केप हेन्लोपेन स्टेट पार्क नजिकै साइकलबाट ओर्लन खोज्दा उनी उनी लडेका हुन्।
बाइडेनले आफूलाई कुनै चोट नलागेको बताएका छन् । घटनालगत्तै अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले राष्ट्रपतिलाई उठ्न मद्दत गरेका थिए। त्यसको लगत्तै बाइडेनले भने, 'म ठीक छु। मेरो खुट्टामा मात्रै अड्किएको हो। मलाई कुनै चोटपटक लागेको छैन।'
बाइडेन श्रीमतीसँग साइक्लिङ गर्दै थिए
७९ वर्षीय राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेन बिहान साइक्लिङमा निस्किएका थिए । उनीहरु आफ्ना शुभचिन्तकलाई भेट्न अघि जाँदै थिए। हेलमेट लगाएका उनी साइकलबाट ओर्लन खोज्दा लडे। दायाँतिर लडेपछि, बाइडेन तुरुन्तै उठे।