कला र संस्कृति राष्ट्रको पहिचान हो : राष्ट्रपति भण्डारी

कला र संस्कृति राष्ट्रको पहिचान हो : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कला र संस्कृति राष्ट्रको विशिष्ट पहिचान भएको बताएकी छन्। साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरुले मौलिक कला र संस्कृतिको महत्व बुझेर तिनको जगेर्णा गर्न हामीलाई प्रेरित गर्दै आएको उल्लेख गरिन्।

‘कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो। समकालीन विश्वमा कुनै पनि मुलुकको सभ्यता कति समृद्ध रहेको छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवर्द्धनका लागि त्यहाँको समाज र राष्ट्रिले कसरी योग्दान गरिहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ यस सन्दर्भमा नाटक, गीत, संगीत,  नृत्य,  बाद्यावादनलगायत प्रस्तुतीजन्य कला विभिन्न विधाहरु नेपालको मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योग्दान अमूल्य छ।’

यसैले नेपाली रंगमञ्च, संगीत र नृत्य कलालाई समुन्त बनाउन योग्दान गर्ने स्रष्टा र नेतृत्वकर्ताहरुमा कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘म भन्न चाहन्छु, नेपाल राष्ट्रले तपाईँहरुको सिर्जना गर्व गर्छ। गर्व गरिरहनेछ।’

नेपाली नाटक, गीत, संगीत र नृत्य कलाको संस्थागत विकास, संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले सरकारी स्तरबाटै २०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना गरिएको थियो। २०२९ असार ५ गते राष्ट्रिय नाचघरलाई नाम फेर्दै साँस्कृतिक संस्थान राखिएको थियो। नेपालीहरुको संस्कृतिको संरक्षण र सम्वर्द्धनमा क्रियाशिल संस्कृतिक संस्थानले ५० वर्षको इतिहास बनाउनु आफैँमा गौरवको कुरा रहेको राष्ट्रपति भण्डारीले बताइन्।

‘साहित्य, कला र संगीतले असल मानवीय भावनाको समेत प्रवर्द्धन गर्दछ,’ उनले भनिन्, ‘कला र सिर्जनाका यी हरेक विधा जीवनका बहुआयाम र बहुरंगलाई समेट्ने माध्य भएकाले प्राचीनकालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैं आकर्षित र उत्प्रेरित रहेको छ।’

सूचना, सञ्चार तथा प्रविधि तीव्र विकासले नेपालको मौलिक कला र संस्कृतिमाथि विदेशी संस्कृति हाबी भएकोमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन्। ‘विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृतिहरु ओझेलमा पर्नसक्ने खतरासमेत उत्पन्न भएको छ,’ उनले भनिन्, ‘त्यसर्थ हाम्रा स्रष्टाहरुले विश्वव्यापी स्रोता र दर्शकलाई लक्षित गरी व्यवस्थित प्रस्तुती र उत्कृष्ट प्रदर्शन क्षमताको  विकास गर्नु आवश्यक छ।’

विशिष्ट कामय राख्दै आफ्नो रंगमञ्च, साँस्कृतिक साजबाज र प्रस्तुतीको ढाँचामा समेत व्यापक सुधार  गरिनुपर्ने आफूलाई महसुस भएको उनले बताइन्।

‘हाम्रा छिमेकी तथा मित्र राष्ट्रसहित विश्वका विभिन्न मुलुकका संस्कृतिक संस्था वा निकायहरुसँग भाइचारा सम्बन्धको विकास गर्दै साँस्कृतिक आदान प्रदानको माध्यमबाट समेत हामी नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकहरुमा प्रवर्द्धन गर्न सक्छौं,’ राष्ट्रपति भण्डारीले भनिन्।

संस्थानको स्वर्ण महोत्सवको अवसरमा कला, साहित्य र संस्कृति संरक्षणमा क्रियाशिल स्रष्टा र उक्तकृष्ट कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो। स्रष्टा भुवन थापा चन्दलाई संस्कृतिक संस्थान दीर्घसाधना सम्मान-२०७९ प्रदान गरिएको छ। 

राष्ट्रिय नृत्य पुरस्कारबाट सुरेश मिश्र, राष्ट्रिय संगीत पुरस्कारबाट प्रेम देव गिरी सम्मानित भए भने ओममणी शर्मालाई राष्ट्रिय नाट्य पुरस्कार प्रदान गरियो ।वीरेन्द्र हमाल र सुश्मिता तमाङलाई  उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो।

राष्ट्रपति भण्डारी, संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोककुमार राईले संयुक्त रुपमा उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मान तथा पुरस्कार वितरण गरेका थिए। महाप्रबन्धक राईले देशभरी साँस्कृतिक जागर अभियान चलाउने बताए। छिट्टै साँस्कृतिक, रहनसहन समेटिएको साँस्कृतिक फोटो  पुस्तक प्रकाशन गर्न लागेको समते उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.