भारतको आसाममा बाढी :  ८२ जनाको मृत्यु, ४७ लाख प्रभावित

भारतको आसाममा बाढी :  ८२ जनाको मृत्यु, ४७ लाख प्रभावित

आसाम बाढी: भारतको उत्तर-पूर्वी राज्य आसाममा बाढीले भयावह स्थिति ल्याएको छ। प्रदेशका ३५ जिल्लामध्ये ३३ जिल्ला यस प्राकृतिक प्रकोपबाट नराम्ररी प्रभावित छन्। जानकारी अनुसार सोमबार, जुन २० मा बाढीका कारण थप ११ जनाको मृत्यु भएको छ। योसहित बाढीबाट भृत्यु हुनेको संख्या ८२ पुगेको छ। 

प्रभावित क्षेत्रमा निरन्तर राहत र उद्धार कार्य जारी रहे पनि यस विपद्का कारण ४७ लाख घरबारविहीन हुन बाध्य छन्।

केन्द्रीय गृहमन्त्री अमित शाह र राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माले स्थितिको निरन्तर निगरानी गरिरहेका छन्। गृहमन्त्री शाहले केन्द्रीय टोलीको बाढी प्रभावित क्षेत्रको भ्रमणबारे पनि बताएका छन्।

 
असम राज्य आपदा व्यवस्थापन प्राधिकरणको बुलेटिनका अनुसार असममा बाढीका कारण अवस्था चिन्ताजनक बनेको छ। राज्यका ठूला नदीमा पानीको बहाव बढेको छ। जसका कारण ४७ लाख मानिस पीडित बनेका छन्।

विगत एक सातादेखि देशको उत्तरपूर्वी राज्य डरलाग्दो बाढीसँग जुधिरहेको छ। यस प्रदेशका ३६ जिल्लामध्ये ३२ जिल्लाका जनता बाढीप्रभावित छन्।

उद्धार कार्यमा खटिएका प्रहरी बगे
 
बाढीमा फसेकालाई उद्धार गर्ने क्रममा दराङमा तीन प्रहरी, नगाउँमा दुईजना बेपत्ता भएका छन्। यससँगै काछार, डिब्रुगढ, हाइलाकांडी, होजाई, कामरूप र लखिमपुरमा एक–एक जनाको मृत्यु भएको छ भने उदलगुरी र कामरूपमा दुई–दुई र काछार, दरारङ र लखिमपुरमा एक–एक जना गरी सात जना बेपत्ता भएका छन्।
 
उक्त प्रदेशमा सडक खोला र गल्ली पोखरीमा परिणत भएका छन्। बाढीको पानी मानिसको घरघरमा पसेको छ। जसका कारण मानिसहरु घरबार छाडेर सुरक्षित स्थानको खोजीमा भौतारिरहेका छन्।

बाढीको बीचमा मानिसहरु बालबालिकालाई लिएर बाहिर निस्कने प्रयास गरिरहेका छन्। करीमगञ्जमा बाढीबाट करिब एक लाख मानिस प्रभावित भएका छन्। प्रशासनले जनताका लागि ७३ वटा राहत शिविर स्थापना गरेको छ।  

असम र मेघालयमा बाढीको प्रकोपलाई ध्यानमा राख्दै गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीहरूसँग कुरा गरे र सम्भव भएसम्म सहयोग गर्ने आश्वासन दिए। एबीपी लाइभ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.