मध्य मालीमा १३२ सर्वसाधारण मारिए

मध्य मालीमा १३२ सर्वसाधारण मारिए

एजेन्सी : मध्य मालीको तीनवटा गाउँमा जम्मा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सबै मारिएका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकूहरूको हिस्सा हुन्।’

‘सरकार यी हमलाहरूको घोर भत्र्सना गर्दछ र तिनीहरूका दोषी पत्ता लगाउन र तिनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै उपायहरू प्रयोग गर्ने वाचा गर्दछ।’ सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। 

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर–समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ। रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.