भाजपाले बनायो ओडिशाकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार : जिते देशकै पहिलो आदिवासी राष्ट्रपति बन्ने

भाजपाले बनायो ओडिशाकी द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार : जिते देशकै पहिलो आदिवासी राष्ट्रपति बन्ने

नयाँ दिल्ली : भारतमा एनडीएले राष्ट्रपति पदका लागि झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुको नाम अनुमोदन गरेको छ। मंगलबार साँझ भाजपा संसदीय बोर्डको बैठकपछि उनको नाममा सहमति भएको हो । यस बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहित पार्टीका सबै ठूला नेताहरू उपस्थित थिए। मुर्मुले २५ जुनमा उम्मेदवारी दर्ता गर्न सक्नेछिन् ।

बैठकपछि भाजपा अध्यक्ष जेपी नड्डाले बैठकमा २० वटा नामबारे छलफल भएको बताए। बैठकमा यसपटक पूर्वी भारतबाट दलित महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको थियो । त्यसपछि मुर्मुको नाम अनुमोदन भएको हो । भारतीय प्रधानमन्त्री मोदीले  उनलाई बधाई दिँदै भने, ‘उनी महान राष्ट्रपति बन्नेछिन् भन्ने कुरामा म विश्वस्त छु।'

भाजपाले तीन महिला द्रौपदी मुर्मु, छत्तीसगढका गभर्नर अनुसुया उइके र यूपीका गभर्नर आनन्दीबेन पटेललाई सम्भावित उम्मेदवारको सुचिमा राखेको थियो।

  
झारखण्डको नवौं गभर्नर ६४ वर्षीया द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्जकी हुन्। उनी ओडिशाको रैरङपुरबाट विधायक भएकी थिइन् । उनी गभर्नर बन्ने पहिलो ओडिया नेता हुन्। यसअघि उनी २००२ देखि २००४ सम्म भाजपा-बीजेडी गठबन्धन सरकारमा मन्त्री पनि थिइन्। मुर्मु झारखण्डको पहिलो आदिवासी महिला गभर्नर हुन्।

विपक्षीले पूर्व केन्द्रीय मन्त्री र तृणमूल कांग्रेस (टीएमसी) नेता यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। त्यसपछि सिन्हाले तृणमूल कांग्रेसबाट राजीनामा दिएका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफू राष्ट्रपति चुनावको दौडमा सामेल हुन तयार रहेको संकेत गरेका थिए।  

अब हुने राष्ट्रति चुनाव जितेमा द्रौपदी मुर्मु देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । उनीभन्दा अगाडि दलित वर्गका केआर नारायणन र वर्तमान राष्ट्रपति रामनाथ कोविन्द राष्ट्रपति बनेका छन्। तर यो चुनाव  मुर्मले जिते आदिवासी समुदायकी पहिलो राष्ट्रपति र प्रतिभा पाटिलपछि यो पदमा पुग्ने दोस्रो महिला हुनेछिन् ।

भारतमा नयाँ राष्ट्रपति चयनको प्रक्रिया असार १५ बाट सुरु भएको छ । उम्मेदवारी दर्ताको अन्तिम मिति असार २९ गते छ । चुनाव गराउनु पर्ने भएमा यही जुलाई १८ मा चुनाव हुने र जुलाई २१ मा  नतिजा आउनेछ । भास्कर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.