टर्कीद्वारा संयुक्त राष्ट्रसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान

टर्कीद्वारा संयुक्त राष्ट्रसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान

आङकारा : टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रुसी हमलाक विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ। आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गर्ने भएको हो। 

यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ। सो बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुने  समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ। साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ। 
 

यी खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ। सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.