पाकिस्तानी जासुसको 'हनी ट्र्याप'मा परेर इन्जिनियरले 'भारतीय मिसाइल'बारे सूचना चुहाएपछि...

पाकिस्तानी जासुसको 'हनी ट्र्याप'मा परेर इन्जिनियरले 'भारतीय मिसाइल'बारे सूचना चुहाएपछि...

नयाँ दिल्ली : पाकिस्तानी जासु्सको 'हनि ट्र्याप'मा परेर एक भारतीय इन्जिनियरले मिसाइलबारे जानकारी चुहाएका छन्। टाइम्स अफ इन्डियाले त्यसको खुलासा गर्दै २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीले सूचना चुहाएका हुन्। 

सूचना 'लिक' गरेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग निरन्तर सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। प्रहरी बयानमा रेड्डीले नताशा राव नामकी युवतीसँग प्रेममा परेको बताएकी छन्। फेसबुकमार्फत् चिनजान गरेकी नताशाले विहे गर्ने सपना देखाएर सूचना लिएको उनले बयान दिएका छन्।

प्रहरीका अनुसार रेड्डीले भारतको मिसाइल कार्यक्रम सम्बन्धमा महत्वपूर्ण जानकारी चुहाएका छन्। त्यतिमात्र नभएर पनडुब्बी (पानीभित्र) गरिने मिसाइल सम्बन्धमा पनि रेड्डीले सूचना चुहाएका थिए।

प्रहरीका अनुसार रेड्डी हैदरवादस्थित डीआरडीएलमा कार्यरत छन्। मिसाइलबारे उनी प्रगति विवरण लिने काम गर्ने गरेको र मिसाइलको प्रविधिबारे उनलाई सबै ज्ञान भएको समाचारमा उल्लेख छ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.