डोटीका जनप्रतिनिधि नीति तथा कार्यक्रमको तयारीमा

डोटीका जनप्रतिनिधि नीति तथा कार्यक्रमको तयारीमा

डोटी : डोटीका स्थानीय तहहरु आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरु ल्याउन व्यस्त देखिन्छन्। जनप्रतिनिधिहरु दिन प्रतिदिन सर्वपक्षीय छलफलमा व्यस्त देखिएका हुन्।

आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले अहिलेसम्म विभिन्न निकायका व्यक्तिहरुसँग करिब पाँच/छ पटक छलफल गरिसकेका छन्। खड्काले गाउँपालिका भित्रका विभिन्न राजनीतिक दलका व्यक्ति, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति, महिला सञ्जाल, बाल क्लबका प्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तिहरु, कृषकहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

उनले पालिका भित्र जन्मिएर कामको सिलसिलामा विभिन्न देशमा रहेका व्यक्तिहरुसँगसमेत जुममार्फत छलफल गरेका छन्। ‘नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउनुपूर्व छलफलमा व्यस्त रहेका छौं’, खड्काले भने, ‘परिणाममुखि कार्यक्रमहरु आउन् भन्ने उद्देश्यका साथ छलफल सुरु गरेका हौं।’ ‘पुरानै ढर्राबाट नीति तथा कार्यक्रम ल्याउँदा जनताले लाभ नलिने भएकाले जनतामुखि कार्यक्रमको लागि व्यापक छलफल गरिरहेका हौं’ खड्काले भने।

शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरले भने, ‘सबैको सल्लाह र सुझाब अनुसार नीति तथा कार्यक्रम ल्याउने छौं।’ बजेटको सहि सदुपयोग होस् भन्ने उद्देश्यले पालिकाको निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा गहन छलफलमा रहेका छौं।’

यस्तै पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘वडाहरुबाट आउने योजनाका लागि वडास्तरमासमेत विभिन्न किसिमका कार्यक्रम भइरहेका छन्।’

सबै स्थानीय तहहरुले असार १० गतेभित्रै नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउने भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.