यूक्रेनलाई पुनर्निर्माण गर्न ‘मार्शल प्लान’ चाहिन्छ : जर्मन चान्सलर

यूक्रेनलाई पुनर्निर्माण गर्न ‘मार्शल प्लान’ चाहिन्छ : जर्मन चान्सलर

एजेन्सी : रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताउनुभएको छ।

उनले पुनर्निर्माण ‘पुस्तौँसम्म लाग्ने’ बताएका छन्। यूक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताए।

दोस्रो विश्वयुद्धपछि पश्चिमी यूरोप पुनः र्निर्माणमा मद्दत गर्न अर्बौ प्रदान गर्ने अमेरिकी पहलको सन्दर्भमा छलफल गर्न अहिले यूरोप र अमेरिकी मुलुकहरूका नेता जर्मनीमा भेला भएका छन्। 

रूसविरुद्धको लडाइँमा पश्चिमी सहयोगीहरु यूक्रेनको समर्थनमा दृढ रहनुपर्छ, जर्मन चान्सलर ओलाफ सोल्जले भने। 

उनले भने, “पुटिनले अन्तमा आफ्नो विशाल गलत निर्णयलाई मान्यता नदिएसम्म हाम्रा प्रतिबन्ध, अन्तरराष्ट्रिय तवरमा समन्वयित हातहतियार वितरण, यूक्रेनका लागि हाम्रो वित्तीय समर्थनका साथ हामी आगामी मार्गमा दृढतापूर्वक रहनु महत्वपूर्ण हुनेछ।” रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.