एलन मस्कलाई ४४ अर्ब डलरमा ट्विटर बेच्न बोर्डको स्वीकृति

एलन मस्कलाई ४४ अर्ब डलरमा ट्विटर बेच्न बोर्डको स्वीकृति

 वासिङटन डिसी : ट्विटरको बोर्ड अफ डाइरेक्टर्सले माइक्रोब्लगिङ साइट एलोन मस्कलाई ४४ अर्ब डलरमा बेच्न अनुमति दिएको छ। ट्वीटरले मंगलबार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा यस सम्बन्धमा नियामक फाइलिङ गरेको थियो। ट्विटर बोर्डले मस्कलाई ४४ अर्ब डलरमा खरिद गर्न सर्वसम्मतिले अनुमोदन गरेको हो। 

बोर्डले मर्जर सम्झौता स्वीकार्य भएको र यससँग सम्बन्धित लेनदेन ट्विटर र यसका शेयरधानीहरूको हितमा रहेको बताएको छ।

अनुमोदनपछि ट्विटरको शेयर मा करिब ३ प्रतिशत बढेर ३८.६० पुगेको छ। मस्कले मंगलबार ट्विटरमा अझै पनि केही नसुल्झिएका समस्याहरू भएको बताए। अझै ट्विटरमा बटहरूको वास्तविक संख्या पत्ता लगाउन कुरिरहेका उनको भनाइ छ।

उनले आफू ट्विटरको सीईओ बन्न नचाहेको पनि बताए। ट्विटरमा भएका धेरै बटहरूको कारण मस्कले मेमा ट्विटर लिने सम्झौतालाई होल्डमा राखेका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.