फाइनल खेलमा पानीभित्रै बेहोस् भइन् पौडीबाज, यसरी गरियो उद्धार (फोटोसहित)
काठमाडौं : अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दागर्दै बेहोस भएकी छन्। २५ वर्षीया उनी महिला एकल फ्री इभेन्टको फाइनलमा प्रतिस्पर्धा गर्ने क्रममा हंगेरीमा बेहोस भएको डेलीमेलले जनाएको छ।
पानीभित्रै बेहोस भएकी उनलाई तत्कालै प्रशिक्षकले उद्धार गरेकी थिइन्। उद्धार गरेका उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। अहिले उनको अवस्थामा सामान्य रहेको अधिकारीहरुले जनाएका छन्।
'अनिता ठीक छिन्। डाक्टरले सबै कुराको परीक्षण गरेको छ, जुन नर्मल देखियो। मुटुको धड्कन, अक्सिजन, सुगर, ब्लड प्रेसर सबै ठीक छ,' प्रशिक्षकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अनिताले जीवित रहेकोमा आफूलाई भाग्यमानी ठानेकी छन्।
प्रतिक्रिया दिनुहोस !
४